नेपाल बंगलादेशको नाफा २९ प्रतिशत, माछापुच्छ्रेको तीन गुणा र सेन्चुरीको साढे दुई गुणाले बढ्यो

बिजमाण्डू
२०७१ बैशाख २४ गते ००:०० | May 7, 2014

काठमाडौं। बुधवार तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका नेपाल बंगलादेश बैंकको नाफा २९ प्रतिशत, माछापुच्छ्रे  बैंकको दुई सय २३ प्रतिशत र सेन्चुरी कमर्सियल बैंकको एक सय ६१ प्रतिशत नाफा बढेको छ । 
ब‌गलादेशकाे नाफा ४० कराेड
चालु आवको तेस्रो त्रैमाशमा नेपाल बंगलादेशको नाफा बढेर ४० करोड १७ लाख रुपैयाँ पुगेको छ ।  गत आवको यही अवधिमा बैंकको नाफा ३१ करोड आठ लाख रुपैयाँ थियो । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने करिब ४८ प्रतिशतले बढेको हो । 
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने २९.६५ प्रतिशतले बढ्न सकेको छ । गत बर्ष ४३ करोड ३६ लाख यस्तो आम्दानी भएको बैंकको ५६ करोड २२ लाख रुपैयाँ पुगेको छ । बैंकको दोस्रो त्रैमाशमा ५.८१ रहेको स्प्रेडदर तेस्रो त्रैमाशमा बढेर ६.१२ भएको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी २७ प्रतिशतले बढ्यो भने व्याज लागत पनि करिब २५ प्रतिशतले नै वृद्धि भयो । 
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा करिब ३७ प्रतिशतले बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि ५९ प्रतिशतले बढेर २३ अर्ब ५२ करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा करिब ७४ प्रतिशतले बढेर एक अर्ब ३२ करोड रुपैयाँ भएको छ । तर यो कुल कर्जाको आधारमा भने ७.५१ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ६७.४२ रहेको छ । 
बैंकले बैदेशिक बिनिमयबाट छ करोड ५५ लाख नाफा कमाएको छ । यो अघिल्लो पटक भएको आम्दानीभन्दा ३४ प्रतिशत बढि हो । बैंकको कर्मचारी र अन्य खर्च १५.८८ प्रतिशतले बढेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको १४ करोड ४१ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने १९ प्रतिशतले वृद्धि गरेर १९ करोड ९४ लाखमा बनाएको छ । त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा १.८ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत १३३ प्रतिशत रकम छुट्याएको छ । बैंकको सञ्चालन नाफा भने ६८ प्रतिशतले बढेर ३८ करोड नौं लाख  रुपैयाँ पुगेको छ । 
बैंकको पुजी कोष पर्याप्तता ११.५१ रहेको छ । बैंकको कोष लागत ६.०५ बाट घटेर ५.५६ मा सिमित भएको छ । बैंकको बेस रेट ८.५, प्रतिसेयर आम्दानी २४, मूल्य आम्दानी अनुपात २५ र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ ।

Tata
GBIME
Nepal Life

माछापुच्छ्रे  बैंकले पनि कमायाे ३१ कराेड
त्यस्तै, 
माछापुच्छ्रे  बैंकको नाफा ३.२३ गुणाले बढेर ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।  गत आवको यही अवधिमा बैंकको नाफा नौं करोड ८३ लाख रुपैयाँ थियो । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने करिब ५५ प्रतिशतले बढेको हो । 

गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने १७ प्रतिशतले बढ्न सकेको छ । गत बर्ष ६६ करोड १५ लाख यस्तो आम्दानी भएको बैंकको ७७ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको तेस्रो त्रैमाशमा स्प्रेडदर ५.६५ रहेको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी र व्याज खर्च दुवै १७  प्रतिशतले वृद्धि भयो । 
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा करिब ३७ प्रतिशतले बढेर २७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि ३६ प्रतिशतले बढेर ३३ अर्ब ८१ करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा करिब १२ प्रतिशतले घटेर दुई अर्ब ३५ करोड रुपैयाँ भएको छ । तर यो कुल कर्जाको आधारमा भने ८.५५ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७४.७५ रहेको छ । 

बैंकले बैदेशिक बिनिमयबाट दुई करोड ९० लाख नाफा कमाएको छ । यो अघिल्लो पटक भएको आम्दानीभन्दा ३७ प्रतिशत बढि हो । बैंकको कर्मचारी र अन्य खर्च ७.१५ प्रतिशतले बढेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको सात करोड ४० लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने ६५ प्रतिशतले घटाएर ११ करोड ४५ लाखमा सिमित पारेको छ । त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा २.२ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ८८ प्रतिशत रकम छुट्याएको छ । बैंकको सञ्चालन नाफा भने ४९५ प्रतिशतले बढेर ३९ करोड ५८ लाख  रुपैयाँ पुगेको छ । 
बैंकको पुजी कोष पर्याप्तता १०.६८ रहेको छ । बैंकको कोष लागत ६.५८ बाट घटेर ५.९९ मा सिमित भएको छ । बैंकको बेस रेट ८.५७, प्रतिसेयर आम्दानी १७, मूल्य आम्दानी अनुपात २७ र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ रहेको छ ।

सेन्चुरी बैंकको नाफा छ कराेड मात्रै
 

त्यसैगरी, सेन्चुरी कमर्सियल बैंकको नाफा २.६१ गुणाले बढेर छ करोड २६ लाख रुपैयाँ पुगेको छ ।  गत आवको यही अवधिमा बैंकको नाफा दुई करोड ३९ लाख रुपैयाँ थियो । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने करिब ५८.५२ प्रतिशतले बढेको हो । 
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने २८.३१ प्रतिशतले बढ्न सकेको छ । गत बर्ष २२ करोड तीन लाख यस्तो आम्दानी भएको बैंकको २८ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकको तेस्रो त्रैमाशमा स्प्रेडदर ४.९ बाट घटेर ४.२५ सिमित भएको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी ६० प्रतिशत र व्याज लागत ७९  प्रतिशतले वृद्धि भयो ।
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा करिब ७५ प्रतिशतले बढेर १४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि ७८.५७ प्रतिशतले बढेर १६ अर्ब ७० करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा करिब ४३ प्रतिशतले बढेर ५१ करोड ५४ रुपैयाँ भएको छ । तर यो कुल कर्जाको आधारमा भने ३.५८ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७६.४९ रहेको छ । 
बैंकले बैदेशिक बिनिमयबाट छ करोड ४६ लाख नाफा कमाएको छ । बैंकको कर्मचारी र अन्य खर्च ४४ प्रतिशतले बढेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको दुई करोड ८३ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने ७१ प्रतिशतले बढाएर १२ करोड ३२ लाखमा सिमित पारेको छ । त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा ०.६७ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत २१६ प्रतिशत रकम छुट्याएको छ । बैंकको सञ्चालन नाफा भने ८५ प्रतिशतले बढेर छ करोड ९३ लाख  रुपैयाँ पुगेको छ । 

बैंकको सञ्चित तथा जगेडा कोषमा शतप्रतिशतले रकम वृद्धि भएर २० करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको पुजी कोष पर्याप्तता १५.२७ रहेको छ । बैंकको कोष लागत ७.३२ बाट घटेर ६.२९ मा सिमित भएको छ । बैंकको बेस रेट ९.८८, प्रतिसेयर आम्दानी ४.१८ रहेको छ ।