फागुनमा लघुवित्त सम्मेलनको तयारी, हरिहरदेव पन्तको अध्यक्षतामा समिति

बिजमाण्डू
२०६९ भदौ ९ गते ००:०० | Aug 25, 2012

काठमाण्डौं । नेपालमा सन् २००८ र २०१० मा आयोजना भए जस्तै लघुवित्त सम्मेलन २०१३ पनि आयोजना हुने भएको छ । आगामी फागुन ३—५ (फेब्रुवरी १४—१६, २०१३) मा लघुवित्त सम्मेलनको आयोजना गर्न लागिएका हो । लघुवित्त क्षेत्रको समाज प्रति बढ्दै गएको जिम्मेवारी तथा दीगो सेवाको आबश्यकतालाई मनन् गर्दै लघुवित्त सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको हो । तयारीका क्रममा शुक्रवार डा. हरिहरदेब पन्तको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले सम्मेलनका लागि सामाजिक रुपमा जिम्मेवार तथा दीगो लघुवित्त नारा तय गरेको छ ।
बैठकले पन्तको अध्यक्षतामा ३४ सदस्य रहने गरि राष्ट्रिय आयोजक समितिको गठन पनि गरेको छ । समितिमा नेपाल राष्ट्र बैंक, नेपाल लघुवित्त बैंक संघ, गरिबी निबारण कोष, आर.एम. डि.सि, सेभ द चिल्ड्रेन, प्लान नेपाल उपाध्यक्ष चयन भएका छन् ।
बैठकले प्रस्ताबित सम्मेलन गर्न १५ सदस्य भएको कार्य समितिको पनि चयन गरेको छ । आर्थिक पत्रकार समाजले सम्मेलनको प्रचार प्रसार तथा प्रकाशन सम्बन्धि काम गर्ने तथा ब्यबस्थापनको जिम्मेवारी सेण्टर फर माईक्रोफाइनान्स नेपालले गर्नेछ ।

Tata
GBIME
Nepal Life