
आबुधावी । केही डलर खर्च गरेर किनेको सामानले तपाईलाई सुविधासम्पन्न स्टाइलिस कारको मालिक बनाइदिन्छ भने तपाई कस्तो महसुस गनुहुन्छ ? अनुमान गर्नुस्, रोजिरोटीका लागि भारतबाट आबुधावी पुगेका एक भ्यान ड्राइभरले जब सुविधासम्पन्न लम्ब्रोगिनी लक्की ड्रमा पाउँदा कस्तो महसुस गरे होलान् ?
फेरी त्यो चानचुने लम्ब्रोगिनी पनि होइन, पुरै दुई करोड भारु (तीन करोड २० लाख रुपैयाँ) पर्ने विलासी गाडी हो । भाग्य न हो, आबुधावीको अल जिमी मलमा भारत बैंगलोरका मिनी भ्यान ड्राइभरले ६८ डलरभन्दा बढीको सामान खरिद गरेका थिए ।
सामान खरिद गरेपछि उनको नाम लक्कि ड्रका लागि राखियो, लक्की ड्र खोल्दा चेन्नइका ४४ वर्षे अब्दुल्लाको नाममा लम्ब्रोगिनी ग्लार्डो एलपी ५५० हात पर्यो । त्यो पनि इदको सौगात बनेर । जबकी अब्दुल्ला आफ्नो परिवार चलाउन आबुधावीमा मिनी भ्यान चलाउँछन्, उनीसँग गाउँमा एउटा स्कुटर छ, लम्ब्रोगिनी बेचर ल्याएको पैसाले मात्रै पनि अब्दुल्लाले भारतमा नानो जस्ता डेढसय गाडी किन्न सक्छन् ।
अमेरिकी कम्पनीले उत्पादन गर्ने लम्र्बोगिनी धनी र सौखिनका लागि हो । त्यसै कारण अब्दुल्ला गाडी बेचेर आबुधावीको काम छाड्न खोज्दैछन् । उनी त्यो गाडी विक्रीबाट प्राप्त आम्दानीले गाउँमा ऋण चुक्ता गर्ने र जीवनस्तर सुधार गर्ने योजनामा छन् । विश्वमा लम्ब्रोगिनी जम्मा साढे दुई सय वटा मात्र छन्, तीन दशमलव नौ सेकेण्डमा एक सय किलोमिटरको रफ्तार समात्ने लम्ब्रोगिनीको उच्च स्पिड ३२० किलोमिटर प्रतिघण्टा छ ।