सुन तोलामा तीन सय रुपैयाँ बढ्यो, प्रतितोला ५९ हजार रुपैयाँ नजिक

बिजमाण्डू
२०६९ भदौ ८ गते ००:०० | Aug 24, 2012
सुन तोलामा तीन सय रुपैयाँ बढ्यो, प्रतितोला ५९ हजार रुपैयाँ नजिक


काठमाडौं । शुक्रवार पनि सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ । शुक्रवारको वृद्धिले सुन प्रतितोला ५९ हजार रुपैयाँ नजिक पुगेको छ । सुनको मुल्यले नया रेकर्ड बनाउने क्रमलाइ जारि राख्दै शुक्रवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
बुधवार र विहिवार मात्रै सुनको मुल्यले आफ्ना पुराना रेकर्डलाई पछि पार्दै नयाँ रेकर्ड बनाएको थियो । नेपाल सुनचाँदी व्यवासायी संघले शुक्रवारका लागि छापावाला सुनको मुल्य प्रति तोला ५८ हजार नौ सय रुपैयाँ तोकेको छ ।
यस अघि बुधवार सुन प्रति तोलामा साढे तीन सय तथा विहिवार प्रति तोलामा साढे पाँच सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो । शुक्रवार सुन तोलामा तीन सय रुपैयाँ बढेर कारोवार भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्य लगातार उकालो लागेको कारण तथा नेपालको आन्तरिक बजारमा पनि सुनको माग बढेकोले सुनको मुल्य लगातार बढिरहेको छ । बुधवार चाँदी पनि प्रतितोला पाँच रूपैयाँले बढेर एक हजार ९९ रूपैयाँ पुगेको छ ।

Tata
GBIME