नोकियाले ल्यायो एन्ड्रोइड स्मार्ट फोन, के अनिश्चित बनेको हो माइक्रोसफ्ट विन्डोज फोनको बजार

बिजमाण्डू
२०७० फागुन १३ गते ००:०० | Feb 25, 2014
बार्सिलोना |  नोकियाले एन्ड्रोइड अपरेटिंग सिस्टमयुक्त तीन स्मार्टफोन सार्बजनिक गरेको छ | बार्सीलोनामा आयोजित बार्षिक व्यापार मेलामा उसले आफ्ना तीन उत्पादन सार्बजनिक गरेको हो | फिनल्याण्डको मोबाइल जाइन्ट नोकियाले माइक्रो सफ्टसंग गत सेप्टेम्बरमै आधिकारिकरुपमा आफ्नो हार्डवेयर तथा लाइसेन्स बिक्रिको सम्झौता गरेको थियो |

नोकियाकोदुईवटा सिमकार्ड चल्ने स्मार्टफोनहरु एक्स, एक्स प्लस र एक्सएल हुन् | यिनीहरुमा गूगलको एन्ड्रोइड अपरेटिंग सिस्टम राखिएको छ | नोकिया एक्समा ५१२ एम. बिर्याम,एक्स प्लसमा ७६८ एम. बि र्याम र दुवैमा १ जिगाहर्ज़ क्वालकम स्न्यापड्रागन डुवल कोर प्रोसेसर छ, दुवै स्मार्टफोनमा ३ मेगापिक्जेल २०४८ X १५३६ रिजोलुसन् रेअर क्यामरा छ | एक्सएलमा भने ७६८ एम. बि र्याम छ र १ जिगाहर्ज़ क्वालकम स्न्यापड्रागन डुवल कोर प्रोसेसर छ | यसमा ५ मेगापिक्जेल २५९२ X १९४४ रिजोलुसन रेअर क्यामरा छ | यसको आगाडी रहेको क्यामरा २ मेगापिक्जेल क्षमताको हो |

Tata
GBIME
Nepal Life

४०० X ८०० पिक्जेल डिस्प्ले रहेका सबै एक्स सिरिजमा नोकियाले लुमिया लूक्स दिएको | झट्ट हेर्दा कस्टमाईज्ड एन्ड्रोइडले विन्डोजको झल्को दिन्छ | एक्स सिरिजमा नोकियाले शक्तिशाली ब्याट्रि प्रयोग गरेको दाबी गरेको छ | सार्बजनिक फोनहरुमा एन्ड्रोइडको किट-क्याट भर्सन ४.२ छ | कोर्टेएक्स ए ५ प्रोसेसर सहितका स्मार्टफोनहरु अन्य बजारमा उपलब्ध फोनहरुभन्दा शक्तिशाली र मुल्यको हिसाबले सस्ता हुन् |

नोकियाको एन्ड्रोइड स्मार्टफोन बजार प्रबेश अन्य मोबाइल उत्पादकलाई भने टाउको दुखाईको बिषय बनेको छ | नोकियाले आफ्ना स्मार्टफोनलाई सर्वसाधारणको पहुच अनुकुल भनी दाबी पनि गरेको छ |  नोकिया एक्सको मूल्य करिब १२५ डलर, एक्स प्लसको करिब १३५ राखिएको छत्येस्तै नोकिया एक्सएलको बजार मूल्य १५० डलर कायम गरिएको छ | नोकिया एक्स तत्कालै खरिद गर्न सकिने भएपनि एक्स प्लस र एक्सएल किन्न भने केहि समय कुर्नुपर्नेछ |

सार्बजनिक स्मार्टफोनमा एन्ड्रोइडलाई अत्यन्त परिमार्जित रुपमा प्रस्तुत गरिएको छ | उक्त फोनमा एन्ड्रोइड अपरेटिंग सिस्टममा भएका अत्यावश्यक बाहेकका एप हटाइएको छ | नोकियाले पनि किन्डल फाईर जस्तै ओएस लाई अत्यधिक परिमार्जन् गरेको हो जसमा उसले आफ्नै एप्स र सेवालाई प्रबर्द्धनात्मक रुपमा प्रयोग गरेको छ |

गूगलको सेवा तथा सुबिधा हटाइएको एक्स सिरिजमा गूगलको एन्ड्रोइड एप्स स्टोर छैन| उसले आफ्नो छुट्टै एप्स स्टोर पनि सार्बजनिक गरेको छ | उपलब्ध स्मार्ट फोनहरुमा नोकियालेमाइक्रोसफ्टको क्लाउड स्टोरेज वानड्राइभ हुनेछ | गूगल म्यापको सट्टा माइक्रोसफ्टको हियर म्याप राखेको छ भने सर्च इन्जिनको रुपमा बिंग राखेको छ| आफ्नो इमेल सेवा आउटलुकलाई पनि राम्रोसँग प्रबर्धन गरेको छ |  नोकियाले तेश्रो पक्षले निर्माण गरेका एप्स आफ्ना स्मार्ट फोनहरुमा प्रयोग गर्न दिने वा नदिने भनि स्पस्ट पारेको छैन |
अपार प्रमोद/बिजमाण्डू
(एजेन्सिको सहयोगमा)