
काठमाडौ । लक्ष्मी इण्टरकण्टिनेण्टलले हुन्डाई ‘मनसुन डिलाइट’ योजना ल्याएको छ । यो योजना अन्तर्गत हुन्डाई गाडीको खरीदमा अढाई लाख रुपैयाँको नगद छुटका साथै ५० हजारसम्म लोयल्टी वा रेफरल बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले हुन्डाई गाडीको खरीद गर्न चाहनेलाई कुनै पनि गाडी सट्टापट्टाका र फाइनान्स र बीमाको सुविधा पनि दिने जनाएको छ । कम्पनीले कर निःशुल्क गर्नुका साथै गाडीमा तीन वर्षको वारेन्टी, सर्भिसिङ सुविधा प्रदान गर्ने जनाएको छ ।