कृषि बिकास र कुमारी बैंकको नाफा घट्यो, २९ वाणिज्य बैंकको नाफा १७.१२ प्रतिशतले मात्रै वृद्धि

बिजमाण्डू
२०७० माघ २९ गते ००:०० | Feb 12, 2014
काठमाडौं। चालु आव २०७०/७१ को दोस्रो त्रैमाशमा सञ्चालनमा रहेका दुई सरकारी बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक २९ वाणिज्य बैंकको नाफा १७.१२ प्रतिशतले बढेको छ । बुधवारसम्म दोस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका २९ वाणिज्य बैंकहरुको नाफा अघिल्लो आवको दोस्रो त्रैमाशको तुलनामा बढेको देखिएको हो । यी वाणिज्य बैंकहरुको नाफा आठ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । 

Tata
GBIME
Nepal Life
बैंकहरुको कुल सञ्चालन नाफा भने १५ प्रतिशतले बढेर १० अर्ब ८१ करोड पुगेको छ । बैंकहरुको खुद व्याज आम्दानी १०.१७ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको कुल निक्षेप २५.४२ प्रतिशतले बढेर नौं खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुको कुल कर्जा २० प्रतिशतले बढेर सात खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुको कुल निक्षेप र कर्जाको आधारमा निक्षेप अनुपात ७७.४६ रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले यस्तो अनुपात ८० सम्म राख्न सक्ने व्यवस्था गरेको छ । यो आधारमा हेर्दा बैंकहरुसंग अझै २३ अर्ब ६७ करोड रुपैयाँ लगानी योग्य रकम रहेको छ । 
बैंकहरुले सम्भावित जोखिम बापतको व्यवस्था रकम कुल चार अर्ब ७४ करोड रुपैयाँ छुट्याएका छन् । यो अघिल्लो आवको भन्दा तीन प्रतिशतले बढि हो । बैंकहरुको कुल कर्जामध्ये जम्मा ०.६५ प्रतिशत बराबर रकमको कर्जालाई जोखिमयुक्त मानिएको देखिन्छ । 
बुधवार वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुको अवस्थाः 
एनआइसी एसिया 
दोस्रो त्रैमाशमा एनआइसी बैंकको नाफा ६५ प्रतिशतले बढेर ३८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा २३ करोड ३४ लाख रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी ८१ प्रतिशतले बढेर ८५ करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी तीन करोड २६ लाख, फि , कमसिनबाट भएको आम्दानी नौं करोड ९४ लाख रहेको छ ।  बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको सात करोड ८९ लाख रुपैयाँ फिर्ता गरेको छ । बैंकको सञ्चालन आम्दानी ४२ प्रतिशतले बढेर ५२ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी छ करोड १० लाख भएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा ४०७ प्रतिशतले बढाएर १८ करोड रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७७.३९ मा रहेको छ । बैंकको कर्जा ७८ प्रतिशतले बढेर ८१ अर्ब ८३ करोड, निक्षेप ७३ प्रतिशतले बढेर ३८ अर्ब ४४ करोड भएको छ । 
बैंकको रियल स्टेट कर्जा दुई अर्ब ४४ करोड लगानी गरेको छ । बैंकको चुक्तापूँजी ७६ प्रतिशतले बढेर दुई अर्ब ३१ करोड पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३३.३४, मूल्य आम्दानी अनुपात २४.४१, प्रतिसेयर नेटवर्थ दुई सय ४१ रहेको छ । 

प्राइम बैंक
दोस्रो त्रैमाशमा प्राइम बैंकको नाफा ९१ प्रतिशतले बढेर ३१ करोड रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १६ करोड रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी ०.०१ प्रतिशतले बढेर ४८ करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी ११ करोड सात लाख, फि , कमसिनबाट भएको आम्दानी दुई करोड ६० लाख रहेको छ ।  बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको १२ करोड ३७ लाख रुपैयाँ फिर्ता गरेको छ । बैंकको सञ्चालन नाफा भने एक सय १७ प्रतिशतले बढेर ३६ करोड रुपैयाँ भएको छ । 
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी ५४ लाख भएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा ६५ प्रतिशतले घटेर १० करोड रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७९.१९ मा रहेको छ । बैंकको कर्जा १४.३७ प्रतिशतले बढेर २३ अर्ब ३२ करोड, निक्षेप १० प्रतिशतले बढेर २६ अर्ब ९४ करोड भएको छ । 
बैंकको रियल स्टेट कर्जा तीन अर्ब ७८ करोड लगानी गरेको छ । बैंकको चुक्तापूँजी नौं प्रतिशतले बढेर दुई अर्ब ५७ करोड पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २४, मूल्य आम्दानी अनुपात २१.०९, प्रतिसेयर नेटवर्थ एक सय २६ रहेको छ । 

कुमारी बैंक 
दोस्रो त्रैमाशमा कुमारी बैंकको नाफा ३६ प्रतिशतले घटेर छ करोड १७ लाख  रुपैयाँमा सिमित भएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा नौं करोड ७१ लाख रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी १८ प्रतिशतले घटेर ३५ करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी दुई करोड २६ लाख, फि , कमसिनबाट भएको आम्दानी १० करोड १७ लाख रहेको छ ।  बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको ९८ लाख रुपैयाँ फिर्ता गरेको छ । बैंकको सञ्चालन नाफा भने एक सय २१ प्रतिशतले घटेर आठ करोड रुपैयाँ भएको छ । 
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी चार करोड १४ लाख भएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा सात  प्रतिशतले घटेर २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७४.७९ रहेको छ । अघिल्लो पटक यो अनुपात ७७ रहेको थियो । बैंकको कर्जा १२ प्रतिशतले बढेर २१ अर्ब ५१ करोड, निक्षेप १६ प्रतिशतले बढेर २७ अर्ब ४० करोड भएको छ । 
बैंकको रियल स्टेट कर्जा दुई अर्ब १० करोड लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १६, मूल्य आम्दानी अनुपात ३६, प्रतिसेयर नेटवर्थ एक सय ७० रहेको छ । 

कृषि बिकास बैंक 
दोस्रो त्रैमाशमा कृषि बैंकको नाफा १५ प्रतिशतले घटेर ४६ करोड रुपैयाँमा सिमित भएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा ५४ करोड ६३ लाख रुपैयाँ थियो । बैंकको कर्मचारी खर्च केही बढेको र सम्भावित जोखिम वापतको व्यवस्था रकम केही बढेकोले नाफा घटेको हो । बैंकको सञ्चालन नाफा भने चार  प्रतिशतले बढेर ३१ करोड रुपैयाँ भएको छ । 
खुद व्याज आम्दानी १२.७३ प्रतिशतले बढेर दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी २३ करोड, फि , कमसिनबाट भएको आम्दानी ११ करोड रहेको छ ।  बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको ३४ करोड रुपैयाँ फिर्ता गरेको छ । 
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी तीन करोड ८० लाख भएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा १७ प्रतिशतले बढेर ७९ करोड रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७९ बाट घटेर ६९ रहेको छ । बैंकको कर्जा २२ प्रतिशतले बढेर ५२ अर्ब ६९ करोड, निक्षेप ४४ प्रतिशतले बढेर ६४ अर्ब ९६ करोड भएको छ । 
बैंकको रियल स्टेट कर्जा ५१ करोड सात लाख र ओभरड्राफ्ट कर्जा २६ अर्ब ३० करोड लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.६९, मूल्य आम्दानी अनुपात ३०, प्रतिसेयर नेटवर्थ दुइ सय ८९ रहेको छ । 

हिमालयन बैंक 
दोस्रो त्रैमाशमा हिमालयन बैंकको नाफा ८.८१ प्रतिशतले बढेर ५४ करोड रुपैयाँमा पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा ५० करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा भने ९.५८ प्रतिशतले बढेर ८५ करोड ३५ लाख रुपैयाँ भएको छ । बैंकको कर्मचारी खर्च केही बढेको र सम्भावित जोखिम वापतको व्यवस्था रकम केही घटेको छ । 
खुद व्याज आम्दानी तीन प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी नौं करोड २९ लाख, फि , कमसिनबाट भएको आम्दानी २९ करोड रहेको छ ।  बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी दुई करोड १६ लाख भएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा छ प्रतिशतले घटाएर १८ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७६ बाट घटेर ६९ रहेको छ । बैंकको कर्जा १२.८२ प्रतिशतले बढेर ४३ अर्ब ९५ करोड, निक्षेप २६ प्रतिशतले बढेर ५९ अर्ब भएको छ । 
बैंकको रियल स्टेट कर्जा तीन अर्ब र ओभरड्राफ्ट कर्जा २४ अर्ब ५० करोड लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९, मूल्य आम्दानी अनुपात २२, प्रतिसेयर नेटवर्थ दुइ सय २० रहेको छ । 

सिभिल बैंक 
दोस्रो त्रैमाशमा सिभिल बैंकको नाफा एक प्रतिशतले बढेर तीन करोड ३९ लाख रुपैयाँमा सिमित छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा तीन करोड ३५ लाख रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा पनि १.२८ प्रतिशतले बढेर पाँच करोड ३४ लाख रुपैयाँ भएको छ । बैंकको कर्मचारी खर्च र सम्भावित जोखिम वापतको व्यवस्था रकम बढेको कारण नाफामा असर परेको हो । बैंकको पूँजीको कोष लागत भने समान अर्थात् ७.९८ रहेको छ । 
खुद व्याज आम्दानी २७  प्रतिशतले बढेर २३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी दुई करोड ४८ लाख, फि , कमसिनबाट भएको आम्दानी तीन करोड १२ लाख रहेको छ । बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी तीन करोड भएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा एक सय १० प्रतिशतले बढाएर ११ करोड ८१ लाख रुपैयाँ छुट्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७५.७९ बाट बढेर ७५.१३ रहेको छ । बैंकको कर्जा ५६ प्रतिशतले बढेर १५ अर्ब २९ करोड, निक्षेप ६८ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड भएको छ । 
बैंकको रियल स्टेट कर्जा एक अर्ब ८० करोड र ओभरड्राफ्ट कर्जा सात अर्ब ५१ करोड लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.४० र प्रतिसेयर नेटवर्थ एक सय तीन रहेको छ ।