प्लस टुका विद्यार्थीलाई नेपाल टेलिकमको सयमा सिम, सय कै टक भ्यालु

बिजमाण्डू
२०६९ साउन ३२ गते ००:०० | Aug 16, 2012
प्लस टुका विद्यार्थीलाई नेपाल टेलिकमको सयमा सिम, सय कै टक भ्यालु

काठमाडौ । नेपाल टेलिकमले प्लस टु विद्यार्थीलाई लक्षित गर्दै एक सय रुपैयाँमा प्रिपेड सीम दिने योजना ल्याएको छ । एक सय रुपैयाँको प्रिपेड सीममा एक सय रुपैयाँकै टक टाइम रहने कम्पनीले जनाएको छ । योजना यही भदौ ३ देखि ५ गतेसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ । यो सीम लिन विद्यार्थीले नागरिकता प्रमाणपत्र, आवेदकको नागरिकता प्रमाणपत्र नभएमा निजको अभिभावकको नागरिकताको प्रमाणपत्र तथा आवेदकको चारित्रिक प्रमाणपत्र, भर्ना रसिद वा विद्यार्थी परिचयपत्रको प्रमाणित प्रतिलिपी पेस गर्नुपर्ने शर्त राखेको छ ।

Tata
GBIME
Nepal Life