भारतमा हुलाक सेवाले तीन हजार एटिएम राख्ने, ३५ हजार माइक्रो एटिएम केन्द्र स्थापना गर्ने

बिजमाण्डू
२०७० माघ १२ गते ००:०० | Jan 26, 2014
भारतमा हुलाक सेवाले तीन हजार एटिएम राख्ने, ३५ हजार माइक्रो एटिएम केन्द्र स्थापना गर्ने


नयाँदिल्ली । भारतीय हुलाकले देशभर तीनहजार एटिएम केन्द्र र एकलाख ३५ हजार माईक्रो एटिएम सेन्टर स्थापना गर्ने योजना अगाडि सारेको छ । हुलाक बचतकर्तालाई लक्षित गरेर सन् २०१५ सम्मका लागि यस्तो योजना ल्याइएको हो ।
हुलाकले पहिलो चरणमा तीन महानगर दिल्ली, मुम्बई र चेन्नाइमा तीन/तीनवटा एटिएम स्थापना गर्नेछ । ‘फेब्रुवरी ५ सम्ममा प्रत्येक शहरमा तीन एटिएम सेन्टर स्थापना गरिनेछ,’ हुलाक विभागकी सचिव पद्यमिनी गोपिनाथनले भनिन् । उनका अनुसार, हुलाकले पहिलो एक वर्षमा एकहजार एटिएम स्थापना गर्नेछ भने अर्को छ महिनामा एटिएमको संख्या तीन हजार पुर्याइने छ । 
हुलाकको एटिएमको सुविधा हुलाकमा बचत खाता भएका २६ करोड भारतीयले लिन सक्नेछन । ‘हामीले एटिएम स्थापनाका लागि रिजर्भ बैंक अफ इण्डियासँग स्वीकृति मागेका छौ,’ उनले भनिन्, ‘चाडै नै स्विकृति प्राप्त हुनेछ ।’
हुलाकमा सर्वसाारणको छ खर्बभन्दा बढी बचत रहेको छ । यो रकम एसबिआई बैंकको निक्षेपको आधा र निजी बैंक आईसिआईसिआई बैंकको दोब्बर हो । ‘हाम्रो योजना राष्ट्रिय नेटवर्कमा समावेस हुने छ, यसबाट हाम्रा सेवाग्राहीले बैंकको सुविधा पनि पाउने छन,’ गोपिनाथनले भनिन् । 
भारतमा एकलाख ५५ हजार हुलाक छन् र आधाभन्दा धेरै हुलाक गाँउमा छन् । हुलाकमा बचत गर्नेले वार्षिक चार प्रतिशत ब्याज पाउँछन । अहिले हुलाक बचत निकाल्न चेकको व्यवस्था छ । 
हुलाकलाई बैंकमा परिणत गर्ने कार्य पनि सँगसगै जारी रहेको छ । केन्द्रिय बैंकसँग यसबारेमा छलफल भैरहेको पनि गोपिनाथनले बताइन । गत वर्ष संसदमा हुलाक बैंकको कुरा उठ्दा वित्त मन्त्रालयले केही सर्त राखेको थियो भने टेलिकम मन्त्री कपिल सिब्बलले गाउमा बैंकिङ सेवा पुसर्याउन यस्तो बैंक आवश्यक रहेको बताएका थिए । 
हुलाकले ग्रामीण क्षेत्रमा माईक्रो एटिएम स्थापना गर्ने सोच बनाएको छ, तर माईक्रो एटिएम कस्तो हुने भन्ने बारेमा अझै केही बताइएको छैन । 
 

Tata
GBIME
Nepal Life