काठमाडौं । लामो समयदेखि जातिय पहिचानसहितको राज्यका लागि आन्दोलन गर्दै आएका आदिवासी जनजातिको नयाँ पाटी गठन गर्ने योजना तत्काललाई स्थागित भएको छ । जनजाति नेताहरु नयाँ दल बनाउने विषयमा एकमत हुन नसकेपछि नयाँ दलको घोषणा थाति राखेर जनजाती नेताहरुले घोषणापत्र मात्र जारि गरेका छन् ।
यसअघि असार २० र २१ गते सम्पन्न जनजातिको भेलाले नयाँ दल गठन गर्ने निस्कर्षका साथ कार्यदल बनाएका थिए । उनीहरुले विश्व आदिवासी दिवसको अवसरमा नयाँ दलको घोषणा गर्ने सार्वजनिक जानकारी दिएका थिए । केही नेताले गहन अध्ययन र लामो तयारीपछि मात्र दल बनाउनु पर्ने अडान राखेपछि नयाँ पार्टी निमार्ण गर्ने योजना टरेको हो । त्यसको सट्टा उनीहरुले घोष्णापत्र जारी गर्दै त्यसलाई जनस्तरसम्म लैजाने बताएका छन् ।
उनीहरुले त्यसबाट प्राप्त हुने सुझाव तथा व्यापक छलफलबाट निस्कने निष्कर्षका आधारमा असोज १५ सम्म नयाँ पार्टीको घोषणा गर्ने कार्यदल संयोजक चैतन्य सुब्बाले जानकारी दिए ।
