नेप्सेमा रातो बत्ती, किष्ट र चिलिमेको सेयर विक्री उच्च, क्रियटिभ निलम्वनमा



बिजमाण्डू
२०६९ साउन २४ गते ००:०० | Aug 8, 2012
नेप्सेमा रातो बत्ती, किष्ट र चिलिमेको सेयर विक्री उच्च, क्रियटिभ निलम्वनमा

काठमाडौं । बैंक, विकास बैंक, बीमा र फाइनान्स कम्पनीहरुको मुल्य ओरालो लागेपछि सेयर बजार बुधबार ०.४१ प्रतिशत (१.६७) अंकले घटेर ४०२.४६ अंकमा झरेको छ । कारोवार हुने सेयरको समुह सुचक फ्लोट इन्डेक्स ०.५८ प्रतिशतले घटेको छ भने क वर्गका कम्पनीहरुको सुचक सेन्सेटिभ इन्डेक्स ०.५८ प्रतिशत घटेको छ । होटल, जलविद्युत र अन्य समुहका कम्पनीको मुल्य भने केहि बढेको छ ।
बुधबार कारोवार भएरका ८७ कम्पनीका २ लाख ९२ हजार ६०० कित्ता सेयर मध्ये नेपाल इन्भेष्टमेन्ट, नविल, कुमारी, नेपाल एसविआई, लगायत ठुला बैंकका सेयर धनीहरुले गुमाएका छन् । यस्तै एस, मालिका, ज्योती, गरिमा लगायतका विकास बैंकको पनि सेयर मुल्य ओरालो लाग्यो ।
सबै भन्दा धेरै किस्ट बैंकको ९७ हजार ६५० कित्ता सेयर बिक्री भएको छ । किष्टका पुर्व अध्यक्ष राजेन्द्र शाक्य विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्न सेयर बिक्री गरि रहेका छन् । किष्टको ठुलो मात्रामा सेयर कारोवार भए पनि मुल्यमा तलमाथि भएको छैन । विहिबार कृष्ण अष्टमीको बिदा परेकाले आइतबार सम्म कुर्न कठिन भएर शाक्यले बुधबार धेरै सेयर बेचेका हुन् ।
बुटवल पावर, कृषि विकास बैंक, चिलिमे हाइड्रोपावरका लगायतका लगानीकर्ताहरुले भने बुधबार कमाएका छन् । धेरै सेयर किष्टको बिक्री भए पनि मुल्यका हिसावले चिलिमेको उच्च कारोवार भएको छ । चिलिमेको २ करोड ६८ लाख बराबरको तथा किष्टको १ करोड १८ लाख रुपैयाँ बारबरको सेयर खरिद बिक्री भएको हो । यी दुई कम्पनीको उच्च कारोवार हुँदा बुधबार ८ करोड ३५ लाखको सेयर बिक्री भएको छ ।
क्रिएटिभ कारबाहीमा
४० नम्बर सेयर दलाल क्रिएटिभ सेक्युरिटीजले राफसाफमा गल्ती गरेपछि नेप्सेले निलम्बित गरेको छ । कम्पनीले सेयर खरिद बिक्रीका क्रममा एउटा प्रमाणपत्र नम्बर दर्ता गरि राफसाफमा अर्कै नम्बरको प्रमाणपत्र लगेपछि कारवाहीमा परेको हो । हाल कम्पनीलाई प्रष्टिकरण सोधेको र जवाफ आएपछि थप कारबाही गर्ने नेप्से स्रोतले जानकारी दिएको छ ।

Tata
GBIME
Zonsen