काठमाडौं । तिब्बतको ल्हासामा रहेको ट्राभल एजेन्सी संगत्सान ट्राभल ले आठ दिने नेपाल भ्रमणको प्याकेज तयार गरेको छ । काठमाण्डो पोखरा र चितवन समेटिएको सो प्याकेज अन्तराष्ट्रिय पर्यटकहरुलाई लक्षित गरि तयार गरिएको कम्पनीले जनाएको छ । सुस्त रहेको नेपाली पर्यटन क्षेत्रलाई यो समाचारले सकारात्म असर पार्ने छ ।
आठ दिन प्याकेजमा काठमाण्डौ उपत्यकाका प्रमुख स्थानहरु घण्टाघर धरहरा पाटन दरबार स्क्वायर काठमाण्डौ दरबार स्क्वायर रानी पोखरी स्वयम्भु र ठमेल रहेका छन् । काडमाण्डौदेखि नगरकोटसम्मको एक दिन यात्रापछि प्याकेज अन्तर्गत पोखरा भ्रमण रहेको छ । पोखरामा रमणीय स्थानको भ्रमण पछि चितवन भ्रमणको कार्यक्रम छ । प्याकेजमा चितवन राष्ट्रय निकुाज चितवनको मुख्य आर्कषण रहेको छ ।
एजेन्सीले काठमाण्डौ उपत्याकालाई प्राचिन सभ्यताको सहरको रुपमा ब्याख्या गरेको छ भने पोखरालाई अग्ला हिमालहरुको फेदीको सहर भनेको छ । यसैगरी चितवनलाई जैविक विविधता र लोपोन्मुख बंगाल टाइगर एवं एक िसंगे गैडाको बासस्थानको रुपमा चिनाएको छ ।
संगत्सान ट्राभल्स विस बर्ष भन्दा लामो समयदेखि संचालित ट्राभल एजेन्सी हो । तिब्बत केन्द्रीत प्याकेजहरु ल्याउँदै आएको सो कम्पनीले नेपालका लागि पहिलोपटक टुर प्याकेज ल्याएको हो । नेपाली ट्राभल एजेन्सीहरुले काठमाडौंबाट तिब्बतको टुर प्याकेज चलाए पनि तिब्बतबाट काठमाडौंको टुर प्याकेज चलाइएको यो पहिलो पटक हो ।
