बिमा संस्थानले सवा दुई अर्ब निक्षेप गर्दै, ६० प्रतिशतमा झार्नु पर्ने व्यवस्थाले ठूला अप्ठेरोमा

बिजमाण्डू
२०७० असोज ८ गते ००:०० | Sep 24, 2013
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अत्याधिक बढिरहेका बेला संस्थागत निक्षेपकर्ता राष्ट्रिय बिमा संस्थानले दुई अर्ब २५ करोड रुपैयाँ निक्षेप गर्ने भएको छ । सरकारी स्वामित्वको संस्थानले मुद्दति खातामा यो पैसा जम्मा गर्न खोजेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षदेखि संस्थागतहरुको कुल निक्षेपको ६० प्रतिशतसम्म मात्र निक्षेप गर्न पाइने व्यवस्था गरेको छ । नयाँ व्यवस्थापछि बैंकहरुले भएकै निक्षेप घटाउनु पर्ने भएकाले संस्थानले न्युन ब्याजमा पैसा छरेर राख्नु पर्ने हुन्छ । अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत निक्षेपकर्ताको ६० प्रतिशतभन्दा वढी निक्षेप छ ।
तरलता बढी भएका कारण ब्याज दर घटिरहेकाले संस्थानले विगतमा जस्तो आकर्षक ब्याज पनि पाउने छैन । बाणिज्य बैंकहरुले अहिले एक बर्षे मुद्दतिमा अधिकतम साढे सात प्रतिशतसम्म ब्याज तिरिरहेका छन् । बैंकहरुले संस्थानसँग भएको रकम लिनका लागि असोज ११ गतेसम्म वोलपत्र प्रस्तुत गर्न पाउँछन् ।
बैंकहरुसँग अहिले बढी निक्षेप भएकाले अन्तर बैंक सापटी एक प्रतिशतभन्दा तल छ । राष्ट्र बैंकले तरलता आफूसँग खिँच्न तीन पटक मौद्रिक औजार नै प्रयोग गरिसक्यो । दुई पटक रिभर्स रिपोबाट १५ अर्ब रुपैयाँ आफूसँग तान्यो भने, एक पटक आउट राइट सेलबाट साढे आठ अर्ब रुपैयाँ आफूसँग तानिसकेको छ । यति गर्दा पनि बैंकहरुसँग अझै पर्याप्त तरलता छ ।

Tata
GBIME
Nepal Life