इन्स्योरेन्स कम्पनीका लगानीकर्ता मालामाल, बैंकिङ र जलविद्यूत समूह खस्कियो



बिजमाण्डू
२०७० असोज १ गते ००:०० | Sep 17, 2013
इन्स्योरेन्स कम्पनीका लगानीकर्ता मालामाल, बैंकिङ र जलविद्यूत समूह खस्कियो


 काठमाडौं । इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मंगलबार कमाएका छन् । यो समूहका अधिकांस कम्पनीको सेयर मुल्य उच्चदरले बढ्यो । इन्स्योरेन्स समूहको सूचक ४६.४३ अंकले बढेपछि नेप्से परिसूचक निकै तल झर्नबाट रोकियो । सोमबार दुई अंकले बढेको नेप्से मंगलबार ०.०५ अंकले झ¥यो ।
सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मुल्य प्रतिकित्ता एक सय रुपैयाँले बढ्यो । त्यस्तै नेशनल लाइफको सेयर मुल्य ५४ रुपैयाँले, एशियनलाईफको ३४ रुपैयाँले, प्राइम लाइफको २५ रुपैयाँले, सगरमाथा इन्स्योरेन्सको २२ रुपैयाँले, लुम्बिनी जनरलको १३ रुपैयाँले र शिखर इन्स्योरेन्सको नौं रुपैयाँका दरले मुल्य बढ्यो ।
अधिकांस बाणिज्य बैंकको सेयर मुल्य भने घट्यो । बुधबार स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, ग्लोबल आइएमई, सिद्धार्थ, प्राइम, नेपाल एसविआईलगायतका बाणिज्य बैंकको सेयर मुल्य घट्यो । नबिल, एनएमबी, कुमारी, बैंक अफ काठमाण्डूलगायतका बैंकको सेयर मुल्य भने थोरै बढ्यो । बाणिज्य बैंक समूहमा बढ्ने भन्दा घट्ने क्रम धेरै भएको कारण बजार आरोलो लागेको हो ।
लघुवित्त कारोबार गर्ने केही सस्था र चिलिमे हाइड्रो पावर कम्पनीको सेयर मुल्य पनि घट्यो । बुटवल पावर र अरुण हाइड्रोको सेयर मुल्य बढेपनि चिलिमेको कारण जलविद्यूत समूहको सूचक ३१.२९ अंकले ओर्लिएको हो ।
मंगलबार कारोबार रकम भने बढेको छ । कुल एक सय १२ वटा कम्पनीको १८ करोड ९२ लाख ७२ हजार रुपैयाँ बराबरको आठ लाख ५६ हजार चार सय ५१ कित्ता सेयर किनबेच भयो । एभरेष्ट बैंकको तीन करोड १० लाख, नबिल बैंकको एक करोड ९५ लाख, नेशनल लाईफ इन्स्योरेन्सको एक करोड २५ लाख र नेपाल बंगलादेश बैंकको एक करोड चार लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

Tata
GBIME
Nepal Life