
काठमाडौ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यवसायिक समूहलाई लक्षित गर्दै ‘मेरो नयाँ नम्बर’ योजना ल्याएको छ । यो योजनामा अरु सेवा प्रदायकका पोस्टपेडका ग्राहकले कुनै शुल्क बिना तीन अंक पछिका नम्बर उही पाउने गरी एनसेलले नयाँ नम्बर दिनेछ ।
यो योजनाबाट दुईवटा मोबाइल बोक्नुपर्दैन । यो सुविधा एनसेल सेन्टरबाट लिनसक्ने छन् । राजधानी लगयत कम्पनीका २० वटा सेन्टर छन् । यो योजनामा कम्पनीले मासिक ९ सय ९९ रुपैयाँमा ७ सय मिनेट कल, ७ सय सन्देश र ७० मेगाविट डाटा सेवा दिएको कम्पनीले जनाएको छ ।
कम्पनीले कर्पोरेट ग्राहकका लागि जुनसुकै नेटवर्कमा फोन, सन्देश गर्दा पनि यतिकै शुल्कमा करबाहेक लाग्ने गरी ‘प्रो’ नामको नयाँ योजना ल्याएको छ । कम्पनीले प्रिमियम, प्लस र क्लासिक गरी तीन योजना ल्याएको छ ।