अप्रत्यासित नाफाले एनबीको सेयर १३ रुपैंयाले बढ्यो, चार दिनपछि नेप्सेमा हरियो बत्ती

बिजमाण्डू
२०६९ साउन १५ गते ००:०० | Jul 30, 2012
अप्रत्यासित नाफाले एनबीको सेयर १३ रुपैंयाले बढ्यो, चार दिनपछि नेप्सेमा हरियो बत्ती


काठमाडौं । उच्च नाफा आर्जन गरेको वित्तीय विवरण प्रकासित गरेपछि नेपाल बंगलादेश (एनबी) बैंकको सेयर मुल्य एकै दिन १३ रुपैया (९.७७ प्रतिसतले बढेको छ । सोमवार एनबी बैंकको प्रति सेयर एक सय ४५ पुगेको छ । सोमबार एनबी बैंकको ३४ लाख २५ हजार बराबरको २३ हजार पाँच सय ५१ कित्ता सेयर कारोबार भएको छ । अघिल्लो बर्ष १४ करोड नोक्सानी व्यहोरेको बैंकले २०६८÷६९ मा ७० करोड मुनाफा गरेको विवरण सोमवार मात्र सार्वजनिक गरेको छ । खराब कर्जा व्यवस्था वापत छुट्याएको रकम त्यस्तो कर्जा उठेपछि आम्दानीको रुपमा थपिन आउँदा बैंकको नाफा उच्च दरमा बढेको हो ।
नेप्से चार सयमा
लगतार चार दिनको गिरावटपछि सोमबार नेप्से परिसूचकमा बृद्धि भएको छ । सोमबार परिसूचक ४.५७ अंक (१.१५ प्रतिसत) ले बढेर ४००.५९ मा पुगेको छ । वित्त र विकास बैंक समूहको उपसूचक घटे पनि अन्य समूहका परिसूचकहरुमा बृद्धि हुँदा समग नेप्सेमा बृद्धि भएको हो । गत मंगलबार देखि घट्न थालको सेयर बजारमा सोमबारदेखि वृद्धि देखिए पनि यो वृद्धि टिकाउ नहुने देखिन्छ । सोमबार पनि बजार लडखडाउँदै बढेको थियो । कारोबार रकममा अघिल्लो दिनको तुलनामा केहि सुधार आए पनि बजारमा दिगो वृद्धिका लागि पर्याप्त देखिंदैन ।
मुलुकको राजनीतिले निकास पाउन नसकेको अवस्थामा आर्थिक क्षेत्र स्थिर नहुने अनुमानसँगै लगानीकर्ताहरु निरास छन् । यसको प्रभाव अहिले बजारमा दखिएको छ । सोमबार बजारमा चार करोड ९१ लाख रुपैंयाका एक लाख ६० हजार ६ सय ९४ कित्ता सेयरहरु किनबेच भएका छन् । आइतबार चार करोड ४७ लाख रुपैंयाको कारोबार भएकोमा सोमबार कारोबार रकममा केहि सुधार देखिएको छ ।
उच्च कारोबार गर्ने कम्पनीमा आईतबार झैं सोमबार पनि चिलिमे हाइड्रोपावर अग्रस्थानमा रहेको छ । चिलिमेको ९३ लाख ६३ हजार रुपैंया बराबरका नौ हजार छ सय ३० कित्ता सेयर किनबेच भएका छन् । यस दिन उच्च घटेको नेपाल आवास फाइनान्सको प्रति सेयर मूल्य १७ रुपैया (९.७१ प्रतिसत) ले घटेर १ सय ७२ मा आएको छ । यसैगरी सगरमाथा इन्स्योरेन्सको सेयर मुल्य ३५ रुपैंया (९.८६ प्रतिसत) ले बढदै  प्रति सेयर ३९० मा आएको छ ।

Tata
GBIME
Nepal Life