डलर चढेपछि सुन फेरी झर्यो, ५० दिनमा तेस्रोपटक ५० हजार तल, चादीको पनि चमक गुम्यो

बिजमाण्डू
२०७० असार १२ गते ००:०० | Jun 26, 2013
डलर चढेपछि सुन फेरी झर्यो, ५० दिनमा तेस्रोपटक ५० हजार तल, चादीको पनि चमक गुम्यो

काठमाडौं । बुधवार सुन फेरी ५० हजारबाट तल ओर्लिएको छ, वितेको साढे दुई महिनामा सुन ५० हजारबाट तल ओर्लिएको यो तेस्रो पटक हो । बुधवारका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य ४९ हजार तीन सय ५० रुपैयाँ तोकेको छ ।

५० दिन अघि पनि सुन साढे ४९ हजार रुपैयाँमा कारोवार भएको थियो, त्यसपछि बढ्दै ५२ हजार रुपैयाँमा उक्लिएको सुन एक महिना अघि ४८ हजार सात सय रुपैयाँसम्म कारोवार भएको थियो । फेरी बढ्दै गएको सुन ५३ हजार रुपैयाँको स्तरमा पुगेको थियो ।
डलरको भाउ बढ्दै गएपछि सुनको भाउ घट्न थालेको थियो, मंगलवारको तुलनामा बुधवार सुन साढे आठ सय रुपैयाँ सस्तो भएर कारोवार भयो । नेपाली मुद्राको तुलनामा डलर अहिले सबैभन्दा उचाईमा छ, यो वृद्धि नभएको भए सुन ४५ हजारको स्तरमा कारोवार हुने अवस्था थियो । बुधवारका लागि केन्द्रिय बैंकले प्रतिडलर ९५ रुपैयाँ ५५ पैसाको रिफ्रेन्स दर तोकेको छ ।
उता चाँदी भने आठ सयको स्तरबाट समेत तल ओर्लिएको छ । वितेको तीन महिनामा चाँदीले आफ्नो पुरै चमक गमाउँदै आएको छ । बुधवार प्रतितोला चाँदी ७९० रुपैयाँमा कारोवार भयो । मंगलवारको तुलनामा चाँदी २० रुपैयाँ घटेर कारोवार भएको हो ।

Tata
GBIME