नेपाल पेरु उद्योग बाणिज्य संघको स्थापना, सन्दिप अग्रवालको नेतृत्वमा सात सदस्यीय समिति

बिजमाण्डू
२०७० जेठ २७ गते ००:०० | Jun 10, 2013

काठमाण्डौ । नेपाल पेरु उद्योग बाणिज्य संघलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आधिकारिकता प्रदान गरेको छ । नेपाल र दक्षिण अमेरिकी मुलुक पेरुबिचको दुई देशीय सम्बन्धलाई बिस्तार गर्दै औद्योगिक एवं व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले नेपालका प्रतिष्ठित औद्योगिक घराना र संचार उद्यमीहरुको सक्रिय सहभागितामा संघको गठन गरिएको संस्थाका अध्यक्ष संदिप अग्रवालले जानकारी दिए ।
अग्रवालकै नेतृत्वमा सात सदस्यीय कार्य समिती गठन गरेको छ । कार्य समितीको उपाध्यक्षमा गौरव अग्रवाल, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा सञ्जय खेतान र सदस्यमा निर्मलराज पौडेल, ललित कुमार अग्रावाल र कुञ्ज बिहारी मोर छन् । संघले संस्थाका गतिबिधीलाई क्रियाशिल बनाई समय सापेक्ष रुपमा अघि बढाइने जानकारी दिएको छ ।

Tata
GBIME