
काठमाडौं । नेपाल एसबीआई बैंक र सिद्धार्थ इन्स्योरेन्स सेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्न सिडिएस एण्ड क्लियरिङको सदस्य बनेका छन् । सिद्धार्थ इन्स्योरेन्सले गतवर्ष असोज ११ गते र नेपाल एसबीआईले पुस २९ गते सिडिएसको सदस्यताका लागि आवेदन दिएका थिए । कम्पनीको सञ्चालक समितिले दुवै कम्पनीलाई सेयर अभौतिकीकरणको पूर्वाधार तयार गर्न पत्राचार गरेको थियो । दुवै कम्पनीले पूर्वाधार तयार गरेपछि सिडिएसको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले सेयर अभौतिकीकरण गर्ने सम्झौता गरेको हो ।
सम्झौता अनुसार सिद्धार्थ इन्स्योरेन्सको दश लाख कित्ता सेयर, नेपाल एसबीआई बैंकको दुई करोड नौ लाख २२ हजार कित्ता सेयर, २०७० को छ प्रतिशतको दुई लाख कित्ता डिबेञ्चर र २०७८ को साढे प्रतिशतको चाल लाख कित्ता डिबञ्चर अभौतिकीकरण गर्ने निर्णय गरेको हो । सम्झौतापत्रमा सिडिएसका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देल र सिद्धार्थ इन्स्यारेन्सका महाप्रवन्धक एसके तमोट तथा नेपाल एसबीआईका सिईओ आलोककुमार शर्माले हस्ताक्षर गरेका थिए । यो सहित धितोपत्र अभौतिकीकरण गर्ने कम्पनीको संख्या नौ पुगेको सिडिएसले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ ।