
काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति डा. रामवरण यादवले १८९ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभुषित गरेका छन् । गणतन्त्र दिवशका अवसरमा यी मानपदवी, अलङ्कार र पदकबाट उनीहरुलाई विभुषित गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, होटल एसोसिएशन अफ नेपालका अध्यक्ष श्याम कक्षपतीले सुप्रवल जनसेवाश्री पाएका छन् । त्यसैगरी पर्वतारोही मिनबहादुर शेरचन र पुर्वा टासी शेर्पाले पनि यही सम्मान पाएका हुन् ।
नेपालमा अष्ट्रिच खेती गर्दै आएका चुन्नप्रसाद शर्मा र कृषक शशी पौडेलले विकासरत्न पदक पाएका छन् । गैरआवासिय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवाली, उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले प्रबल जनसेवाश्री प्राप्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई सुर्कीर्तिमय राष्ट्रदीप प्रदान गरिएको छ । खतिवडासँग यो सम्मान सर्वोच्चका न्यायाधीश रामकुमारप्रसाद शाहा, प्रधानसेनापति गौरवशम्सेर जवरा र संयुक्त राष्ट्र संघमा उपमहासचिव ज्ञानचन्द्र आचार्यले पनि यो सम्मान पाएका छन् ।
संस्कृती पर्यटन तथा नागरिक उडड्यन सचिव सुशील घिमिरे, सूचना तथा सञ्चार सचिव ध्रुवप्रसाद शर्मा, सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष विमलप्रसाद वाग्ले, अर्थमन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, यामुकमारी खतिवडा लगायतले सुप्रवल जनसेवाश्री प्राप्त गरेका छन् ।
राष्ट्रपतिले सुर्कितिमय राष्ट्रदीपको सम्मान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर र नेपाल संङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लालाई प्रदान गरेका छन् । नायक राजेश हमाल, गायक राजु परियार, गायिका अन्जु पन्त, साहित्यकार काजी रोशनलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ । सिएनएन हिरो पुष्पा बस्नेत र गणेबहादुर श्रेष्ठलाई प्रबल जनसेवाश्री, पत्रकार देवेन्द्र गौतम, रामकृष्ण रेग्मी, ध्रुवहरी अधिकारलाई सुप्रबल जनसेवाश्री, रघु मैनानी र गुणराज लुईंटेललाई प्रबल जनसेवाश्रीको सम्मान प्रदान गरिएको छ ।
पूर्णसूची यहाँ उपलब्ध छ
http://moha.gov.np//uploads/news/file/%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A5%82%E0%A4%B7%E0%A4%A3%20%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE_20130529012310.pdf