काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद सेयर जारी हुने भएको छ । कम्पनीको आठ लाख ८७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा एलिट क्यापिटललाई नियुक्त गरेको छ ।
सेयर निष्कासन गर्नको लागि एलिट क्यापिटलका प्रवन्धक नियुक्तीका सूर्या लाइफका तर्फबाट महाप्रवन्धक नन्दकिशोर शर्मा तथा एलिटका तर्फबाट मर्चेन्ट बैंकिङ प्रमुख नलिना श्रेष्ठले हस्ताक्षर गरे । यो सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । अहिले सूर्या लाईफको चुक्ता पुँजी ४१ करोड १३ लाख रुपैयाँ छ ।
