सुन फेरी तोलाको ५२ हजार रुपैयाँ तल ओर्लियो, डलर अधिमूल्यन भएपछि भाउ घट्न सेकन्

बिजमाण्डू
२०७० बैशाख २९ गते ००:०० | May 12, 2013
सुन फेरी तोलाको ५२ हजार रुपैयाँ तल ओर्लियो, डलर अधिमूल्यन भएपछि भाउ घट्न सेकन्


काठमाडौं । साताको पहिलो दिन सुन तोलामा दुई सय रुपैयाँ सस्तो भएपछि मूल्य ५२ हजारभन्दा तल ओर्लिएको छ । गत साता बजार बन्द हुँदा सुन प्रतितोला ५२ हजार एक सय रुपैयाँ थियो । आइतवार मूल्य घटेपछि प्रतितोला ५१ हजार नौ सय रुपैयाँमा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपनि आन्तरिक बजारमा डलरको भाउ बढेका कारण त्यसको ठूलो असर नपरेको हो । नेपाल राष्ट्र बैंकले आइतवारका लागि डलर विनिमय गर्न ८७ रुपैयाँ ५५ पैसा रिफ्रेन्स रेट राखे पनि बाणिज्य बैंकले ८७ रुपैयाँ ९० पैसासम्म कारोवार गरेका छन् । आइतवार पनि चाँदीको मूल्यमा भने कुनै असर परेन् ।

Tata
GBIME