
काठमाडौं । विश्वका गहना प्रेमीमाझ लोकप्रिय गिताञ्जलीले नेपालमा ‘माया गोल्ड’ पनि भित्र्याएको छ । दरवारमार्गको क्यापिटोल मलमा अवस्थित गिताञ्जलीले माया गोल्ड भित्र्याएको हो । कम्पनीले यसअघि विभिन्न ब्राण्डका गहनाहरु काठमाडौं ल्याइसकेको छ । मायागोल्डले विषेश गरी, नेपाली बजारलाई सुहाँउदो आकर्षक सुनको गहनाहरु, उचित मूल्यमा प्रदान गरी नेपाली सुनका गहना प्रेमीहरुलाई अर्को एउटा आकर्षण प्रस्तुत गरेको कम्पनीले जानकारि दिएको छ । विआइएस अकित २२ क्यारेट सुनको गहना भित्राउने गिताञ्जली एकमात्र बिक्रेता भएको दावी पनि कम्पनीको छ ।