काठमाडौ । कुमारी बैक लिमिटेडले लाजिम्पाटमा ३४औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । लाजिम्पाटको बिगमार्टमा सपिङ मलमा यसको एटीएम छ । बैंकले आधुनिक बैकिङ सेवा प्रदान गर्ने उदेश्यले एटीएम सञ्चालनमा ल्याएको जनाएको छ । बैंकको हाल देशभर २९ वटा शाखा छन् ।
उता सिभिल बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नारायणेश्वर विकास उपभोक्ता समितिको सक्रियतामा वडा नं १० प्रहरी बिटलाई २ वटा साइकल दिएको हो । सवारी आवागमनलाई सुधार गर्न प्रहरी जवानलाई साइकल दिएको बैंकका प्रमुख कार्यकारी किशोर महर्जनले बताए ।
