


महासंघले यस आक्रमणलाई महासंघ र सिंगो निजी क्षेत्रमाथिको आक्रमणको रुपमा लिएको छ । विगत केही समयदेखि श्रृंखलावद्ध रुपमा भैरहेका यस प्रकारका आक्रमणको जतिनिन्दा र भत्सर्ना गर्दा पनि क्षम्य नहुने ठहर महासंघको छ । ‘श्रृंखलावद्ध रुपमा भएका यस प्रकारका आक्रमणबाट मुलुकलाई कुन दिशातर्फ लैजान खोजिएको हो र यस्ता घटनाबाट अन्तराष्ट्रिय जगतमा नेपालका वारे कस्तो संदेश जान्छ गम्भीर भएर सोच्न समेत आग्रह गर्दछौं,– महासंघको विज्ञप्तिमा छ ।
केही साता अघिमात्र महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विके श्रेष्ठ र वहुराष्ट्रिय कम्पनी ऐनसेल माथि भएको आक्रमण लगत्तै भएको यस घटनाले कतै मुलुक पुनः अस्थिरतातर्फ उन्मुख हुन खोजेको र अपराधीहरुको चंगुलमा फस्न लागेको त होइन भन्ने आभास भएको महासंघले उल्लेख गरेको छ ।