BIZMANDU
www.bizmandu.com

मुरारकाको गाडीमाथि आक्रमणको महासंघद्वरा निन्दा, मुलुक अपराधीको चङगुलमा फसेको ठहर

२०७० बैशाख १२

मुरारकाको गाडीमाथि आक्रमणको महासंघद्वरा निन्दा, मुलुक अपराधीको चङगुलमा फसेको ठहर
मुरारकाको गाडीमाथि आक्रमणको महासंघद्वरा निन्दा, मुलुक अपराधीको चङगुलमा फसेको ठहर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारको निजी सवारी साधनमाथि अज्ञात समूहबाट भएको आक्रमणको महासंघले निन्दा गरेको छ । उपाध्यक्ष मुरारको कार्यालय नजिक पार्किङ गरेर राखिएको बा. ६ च ७८७८ नम्वरको ल्याण्ड रोवर गाडीमाथि अज्ञात समूहबाट ह्यामर प्रहार गरी क्षति पु¥याइएको थियो । आक्रमणबाट गाडीमा रहेका ड्राइभरलाई चोट लाग्नुका साथै गाडीको अगाडी तथा साइडको सिसा पूर्ण रुपमा क्षति भएको छ । आक्रमणको प्रकृति हेर्दा मानवीय क्षति पु¥याउने नियतले भएको देखिन्छ ।  

महासंघले यस आक्रमणलाई महासंघ र सिंगो निजी क्षेत्रमाथिको आक्रमणको रुपमा लिएको छ । विगत केही समयदेखि श्रृंखलावद्ध रुपमा भैरहेका यस प्रकारका आक्रमणको जतिनिन्दा र भत्सर्ना गर्दा पनि क्षम्य नहुने ठहर महासंघको छ । ‘श्रृंखलावद्ध रुपमा भएका यस प्रकारका आक्रमणबाट मुलुकलाई कुन दिशातर्फ लैजान खोजिएको हो र यस्ता घटनाबाट अन्तराष्ट्रिय जगतमा नेपालका वारे कस्तो संदेश जान्छ गम्भीर भएर सोच्न समेत आग्रह गर्दछौं,– महासंघको विज्ञप्तिमा छ ।
केही साता अघिमात्र महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विके श्रेष्ठ र वहुराष्ट्रिय कम्पनी ऐनसेल माथि भएको आक्रमण लगत्तै भएको यस घटनाले कतै मुलुक पुनः अस्थिरतातर्फ उन्मुख हुन खोजेको र अपराधीहरुको चंगुलमा फस्न लागेको त होइन भन्ने आभास भएको महासंघले उल्लेख गरेको छ ।
 

Tata
GBIME
NLIC