मुक्तीनाथको नाफा साढे ११ करोड, इपिएस ४०, सिटीको नाफा ४ करोड ६३ लाख, युनाइटेडले पनि बढायो

बिजमाण्डू
२०७० बैशाख ६ गते ००:०० | Apr 19, 2013
काठमाडौं । पोखराको मुक्तीनाथ विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड ४० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको नाफा वृद्धिसँगै प्रति सेयर आम्दानी (इपिएस) ४० रुपैयाँ पुगेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत लाभांस दिएको थियो । यसमध्ये साढे २२ प्रतिशत वोनस सेयर थियो भने वाँकी साढे २७ प्रतिशत नगद लाभांस थियो । मुक्तिनाथ आकर्षक प्रतिफल दिने बैंकका रुपमा गनिन्छ । बैंकले चैतसम्म ३ अर्ब २६ करोड निक्षेप संकलन गरेको छ । यो अवधिमा २ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी २४ करोड ५० लाख रुपैयाँ छ । बैंकले गत आर्थिक वर्ष ७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । प्रति सेयर आम्दानी वढेका कारण बैंकले गत वर्षको नाफाबाट दिएको प्रतिफलभन्दा यसपाली अझ वढ्ने संभावना छ ।

Tata
GBIME

सिटीले कमायो चार करोड
सिटी डेभलपमेन्ट बैंकले चालु वर्षको चैत मसान्तसम्म ४ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्ष यति बेला २ करोड ७० लाख रुपैयाँ मात्र नाफा गरेको थियो । २५ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले व्यापक ऋण विस्तार गरेर व्याज आम्दानी मनग्य गरेका कारण नाफा वढेको हो । बैंकले चैतसम्म २ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी गरिसकेको छ । अघिल्लो चैतमा बैंकले १ अर्ब ६२ करोड ऋण लगानी गरेको थियो ।
चैतसम्म बैंकको निक्षेप २ अर्ब ७६ करोड पुगेकोक  छ । बैंकको पुँजी लागत घटेको छ । ११.०९ प्रतिशत रहेको पुँजी लागत यसपाली घटेर ९.३५ मा आएको छ । यसले सेयरधनीको आम्दानी वढाउन सहयोग गर्छ । सिटीको सेयर प्रति कित्ता १५२ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १५ प्रतिशत वोनस सेयर र १४ प्रतिशत नगद लाभांस दिएको थियो ।

युनाइटेड पनि अढाइ करोड नाफामा
यसैगरी युनाइटेड फाइनान्स लिमिटेडले २ करोड ४६ लाख नाफा गरेको छ । कम्पनीले अघिल्लो चैतमा १ करोड ५२ लाख नाफा गरेको थियो । युनाइटेडले पनि पुँजी लागत १२.४४ प्रतिशतबाट घटाएर ९.०६ प्रतिशतमा झारेको छ । ३५ करोड चुक्ता पुँजी रहेको फाइनान्साले २ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीले २ अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांस दिएको थियो ।