काठमाडौं। अरुण भ्याली हार्इड्रोपावर कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांस दिने भएको छ। कम्पनीले गत बर्ष नाफा ५० प्रतिशतभन्दा बढिले बढाएर ८ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीले नाफाबाट १० प्रतिशत बोनस सेयर दिने छ भने बाँकी कर प्रयोजनका लागि नगद लाभांस प्रस्ताव गरेको छ।
कम्पनीले विद्युत बेचेर ५ करोड १६ लाख रुपैयाँ सहित कम्पनीको खुद आम्दानी १३ करोड रुपैयाँ गरेको थियो। यसमध्ये सञ्चालन खर्च एक करोड ७९ लाख रुपैयाँ थियो।
कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड २३ लाख रुपैयाँ जम्मा भएको कम्पनीले सार्वजनिक गरेको आर्थिक बिवरणमा उल्लेख छ। कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ।
यसैगरी नबिल इन्भेष्टमेन्ट बैंकरले सञ्चाल गरेको नबिल ब्यालेन्स फण्ड-१ ले ४२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।