एउटा सहकारी जसले वर्षमा दूध र दूधजन्य पदार्थको मात्रै दुई खर्ब २० अर्ब रुपैयाँको कारोवार गर्छ

बिजमाण्डू
२०६९ चैत्र २१ गते ००:०० | Apr 3, 2013
एउटा सहकारी जसले वर्षमा दूध र दूधजन्य पदार्थको मात्रै दुई खर्ब २० अर्ब रुपैयाँको कारोवार गर्छ


नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो डेरी आमुलले सन् २०१२–१३ को वित्तीय वर्षमा एक खर्ब ३७ अर्ब ५० करोड भारु अर्थात दुई खर्ब २० अर्ब नेपाली रुपैयाँको कारोवार गरेको छ । पछिल्लो एक वर्षमा आमुलले आफ्नो कारोवार १८ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षमा कम्पनीले आफ्नो कारोवार डेढ खर्ब (दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ) पुर्याउने लक्ष्य राखेको छ ।

आमुल ब्राण्डबाट दूध र दूधजन्य उत्पादन विक्री गर्ने कम्पनीको नाम गुजरात कोअपरेटिव मिल्क मार्केटिङ्ग फेडरेशन (जिसिएमएमएफ) हो । सहकारी मोडलमा खडा गरिएको यो कम्पनीले पछिल्लो पाँच वर्षदेखि औषतमा २० प्रतिशतका दरले कारोवार बढाउँदै गैरहेको छ । सुत्रका अनुसार कम्पनीका लागि आएका केही अर्डर पुरा गरे कम्पनीको कारोवार एक खर्ब ४० अर्ब पुग्नेछ । आमुल हरेक दिन एक करोड २५ लाख लिटर दूध किसानबाट खरिद गर्दछ । यो दूधको अधिकांश हिस्सा भारतको गुजरातबाट आउँछ भने जम्मा दश प्रतिशत दूध मात्रै अन्य राज्यबाट आउने गरेको छ । तर कम्पनीले भने आफ्नो नेटवर्क भारतभर विस्तार गरिरहेको छ ।
कम्पनीले भारतको झारखण्डमा सहकारी डेरी विकासको सम्भावना हेरिरहेको छ । कम्पनीले स्किम्ड मिल्क पाउडर तथा बटर आयलको आपूर्ती बढाएको छ । यसले कम्पनीको कारोवारमा नै सकारात्मक प्रभाव परोको छ । केही समय अघि मात्रै सहकारीका अध्यक्ष विपुल चौधरीले देशभरमा रहेका विभिन्न प्लान्टको प्रोसेसिङ्ग क्षमता ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए । अहिले कम्पनीले दैनिक दुई करोड लिटर दूध खरिदको तयारी गरिरहेको छ । आमूलका स्थानीय सदस्यको कारोवारलाई जोड्ने हो भने कम्पनीको कारोवार दुई खर्ब भारु नाघ्छ । भारतमा उपभोग्य वस्तुको वार्षिक दुई अर्ब डलर बढीको कारोवार गर्ने दुई कम्पनीमध्ये एउटा दूधको कारोवार गर्ने यही आमूल हो भने अर्को मदिराको कारोवार गर्ने विजय माल्याको युनाइटेड स्प्रिट्स हो । इकोनोमिक टाइम्स

Tata
GBIME