जेविल्सको सेयर नविकेपछि २ पटक गरेर वैशाख ५ सम्म समय वढाइयो, १५ लाख नाफा, इपिएस ७ %

बिजमाण्डू
२०६९ चैत्र १६ गते ००:०० | Mar 29, 2013
काठमाडौं । जेविल्स फाइनान्सले निस्कासन गरेको साधारण सेयर निर्धारित समयमा विक्री नभएपछि १५ दिन समय थप गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर निस्कास गरेको छ ।
कम्पनीले निस्कासन बन्द हुने मिति छिटोमा चैत ६ गतेलाई तोकेको थियो । यो अवधिमा सेयर विक्री नभएपछि वढीमा १६ गतेसम्म विक्री गर्ने लक्ष्य लिइएको थियो ।
अन्तिम मितिमा पनि सेयर विक्री नभएपछि कम्पनीले बैशाख ५ गतेसम्मका लागि विक्री खुला राखेको हो । राजधानीको न्यूरोडमा कर्पोरेट कार्यालय रहेको जेविल्सको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ छ । असार मसान्तसम्म कम्पनीले चुक्ता पुँजी २० करोड पुर्याइसक्नु पर्ने छ ।
कम्पनीले पुससम्म १४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको पुँजी कोष २१.४१ प्रतिशत छ । ४६ करोड रुपैयाँ ऋण लगानी गरेको कम्पनीको खराव कर्जा २.५१ प्रतिशत छ । कम्पनीमा सर्वसाधारणको ५२ करोड ६४ लाख रुपैयाँ निक्षेप छ ।
कम्पनीले साधारण सेयर निस्कासनका लागि विक्री प्रबन्धकमा नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले आउँदो वर्ष ७ प्रतिशतको हाराहारीमा प्रति सेयर आम्दानी हुने प्रक्षेपण गरेको छ ।
आकर्षक प्रतिफल सहित वाणिज्य बैंकहरुको साधारण सेयर आइरहेकाले पनि कम्पनीको विक्री नभएको हो । पछिल्लो समय वाणिज्य बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुँदा मूल्य १ सय ५० रुपैयाँ पुग्ने गरेकोमा फाइनान्स कम्पनीहरुको सेयरमा यो आशा गर्न सकिन्न । फाइनान्स कम्पनीको सेयर बजारमा हातहातै विक्री हुने अवस्था पनि छैन ।  
 

Tata
GBIME