खुला आकासमा आए जेपी, भ्रष्टाचार मुद्धामा १३ महिना अघि जेल चलान भएका थिए

बिजमाण्डू
२०६९ चैत्र ५ गते ००:०० | Mar 18, 2013
खुला आकासमा आए जेपी, भ्रष्टाचार मुद्धामा १३ महिना अघि जेल चलान भएका थिए

काठमाडौँ । १३ महिना कैद विताएपछि सोमवार पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ता रिहा भएका छन् । उनी भ्रष्टाचारको मुद्दामा जेल चलान भएका हुन् । सार्वजनिक पदमा रहँदा गैरकानुनी ढङ्गले अकूत सम्पत्ति आर्जन गरेको ठहर गरी सर्वोच्च अदालतले गुप्तालाई २०६८ फागुन ९ मा डेढ वर्ष जेल सजाय तोको थियो ।  जेल जाँदा उनी बहालवाला सञ्चारमन्त्री थिए ।
गुप्ता आफैँ सर्वोच्च अदालतमा हाजिर भएकाले उनलाई तोकिएको सजायमा २० प्रतिशत छुट दिइएको थियो । फैसलापछि उनले डिल्लीबजारस्थित सदरखोरमा एक वर्ष एक महिना बिताएका हुन् । सर्वाेच्चले गुप्तालाई ८४ लाख बिगो र बिगो बराबरको जरिवाना गर्ने फैसला पनि सुनाएको थियो । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तत्कालीन अध्यक्षसमेत रहेका गुप्तालाई जेलबाट रिहा हुनासाथ ठूलो सङ्ख्यामा उपस्थित रहेका पार्टीका कार्यकता र शुभेच्छुकले स्वागत गरेका थिए ।

Tata
GBIME
Nepal Life