प्रधानमन्त्रीले भगवानलाई भने, समस्याबाट भागेर होइन डटेर अगाडी बढ्नुपर्छ, जिम्मेवारी नछाडौं

बिजमाण्डू
२०६७ पुष २९ गते ००:०० | Jan 13, 2011
प्रधानमन्त्रीले भगवानलाई भने, समस्याबाट भागेर होइन डटेर अगाडी बढ्नुपर्छ, जिम्मेवारी नछाडौं

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजिनामा दिएका त्रिभूवत शिक्षण अस्पतालका निर्देशक भगवान कोइरालालाई जिम्मेवारीबाट नभाग्न आग्रह गरेका छन् । मंगलवार साँझ कोइरालालाई फोन गरि प्रधानमन्त्रीले जिम्मेवारी सम्हाल्न कोइरालालाई आग्रह गरेको प्रधानमन्त्रीका सहयोगी विश्वदिप पाण्डेले बताएका छन् ।
उनले आफ्नो फसेबुक स्टाटसमा लेखेका छन्, प्रधानमन्त्री बाबुराम भट्टराईले डा.भगवान कोइरालालाई फोन गरि पुनः जीम्वेवारी सम्हाल्न आग्रह गर्नुभएको छ । ‘समस्या जता–ततै छन्, हामी एक्ला एक्लै होइन मिलेर अगाडि वढ्यौं भने मात्र समस्याको सामाधान गर्न सहज हुन्छ’ प्रधानमन्त्री भट्टराईले डा.कोइरालालाई फोनमा भन्नुभयो । समस्याबाट भागेर होइन डटेर अगाडी बढ्न कोइरालालाई प्रधानमन्त्रीको आग्रह थियो । टिचिङ हस्पिटल सुधारको निम्ति डा. भगवान कोइरालालाई आवश्यक पर्ने सबै खालका सहयोग गर्न आफु सधै तयार रहेको प्रधानमन्त्रीले कोइरालालाई बताउनु भयो ।
प्रधानमन्त्री, त्रिभूवन विश्वविद्यालय, सहकर्मीबाट सहयोग नपाएको भन्दै कोइरालाले निर्देशक नियुक्तिको तीन महिना नबित्दै राजिनामा दिएका थिए । यस अघि प्रधानमन्त्रीले मंगलवारै ट्विट गर्दै शिक्षको समस्या सुल्झाउन केही दिन मात्रै सरकारले पाँच करोड रुपैयाँ सहयोग दिएको बताएका थिए । उनले समस्या समाधानका लागि सरकार थप सहयोग गर्न तयार रहेको जानकारी समेत दिएका थिए ।

Tata
GBIME
Nepal Life