सुजल फुड्सको फनिस्टिक चक्लेट बजारमा, मूल्य तीन रुपैयाँ

बिजमाण्डू
२०६९ फागुन २१ गते ००:०० | Mar 4, 2013
सुजल फुड्सको फनिस्टिक चक्लेट बजारमा, मूल्य तीन रुपैयाँ


काठमाडौं । सुजल फुड्सले फनिस्टिक टफी बजारमा ल्याएको  छ । दूध र काजुको समिश्रण गरी उत्पादन गरिएको यो चक्लेट स्वादिष्ट तथा उत्कृष्ट हुनुका साथै काजुको मौलिक स्वादको अनुभूति प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । साधारण चक्लेटभन्दा ठूलोे यस चक्लेटले शरिरलाई आवश्यक प्रोटिन तथा अन्य पौष्टिक तत्व उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो चक्लेट अत्याधुनिक प्रविधिको प्रयोग गरी अति स्वस्थकर वातावरणमा उत्पादन गरिएको र चुस्त टेक्सचर, समरुप र अडिलो स्वाद भएको कम्पनीको दावी छ । कम्पनीले चक्लेटको मूल्य प्रतिगोटा तीन रुपैयाँ तोकेको छ ।

Tata
GBIME