
लण्डन । बेलायतको लग्जरी एसयुवी कार निर्माता कम्पनी ल्याण्ड रोभरले जेनेभा मोटर सो २०१३ मा नौ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको नयाँ कारको प्रदर्शन गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ कारलाई ट्रान्समिशन निर्माणमा अग्रस्थानमा रहेको कम्पनी जेडएफसँग मिलेर बनाइरहेको छ ।
ल्याण्डरोभरले आफ्नो नयाँ कार विश्वमै नौ स्पिड अटोमेटिक ट्रान्समिसन सुविधासहितको पहिलो कार हुने दावी गरेको छ । दुइ वटा कम्पनीको सहकार्यमा बनाउन लागिएको नयाँ कारको निर्माण प्रक्रिया तिव्र गतिमा भइरहेको कम्पनीले जानकारी दिएको छ । नयाँ कारमा ६ गियरको सट्टामा नौ गियर हुने भएकाले यसले अधिक माइलेज दिने र कार्बनडाइअक्साइडको उत्सर्जन पनि कम गर्ने अनुमान गरिएको छ । कारलाई नौ गियरमा सडकमा कुदाउँदा इन्धन कम खपत हुने र तिव्र गतिमा गुड्ने कम्पनीले जानकारि दिएको छ ।