BIZMANDU
www.bizmandu.com

ल्याण्डरोभरको नौ गियरको नयाँ एसयुभि आउँदै, जेनेभा मोटर शोमा प्रदर्शन

२०६९ फागुन १७

ल्याण्डरोभरको नौ गियरको नयाँ एसयुभि आउँदै, जेनेभा मोटर शोमा प्रदर्शन
ल्याण्डरोभरको नौ गियरको नयाँ एसयुभि आउँदै, जेनेभा मोटर शोमा प्रदर्शन


लण्डन । बेलायतको लग्जरी एसयुवी कार निर्माता कम्पनी ल्याण्ड रोभरले जेनेभा मोटर सो २०१३ मा नौ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको नयाँ कारको प्रदर्शन गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ कारलाई ट्रान्समिशन निर्माणमा अग्रस्थानमा रहेको कम्पनी जेडएफसँग मिलेर बनाइरहेको छ ।

Tata
GBIME
NLIC

ल्याण्डरोभरले आफ्नो नयाँ कार विश्वमै नौ स्पिड अटोमेटिक ट्रान्समिसन सुविधासहितको पहिलो  कार हुने दावी गरेको छ । दुइ वटा कम्पनीको सहकार्यमा बनाउन लागिएको नयाँ कारको निर्माण प्रक्रिया तिव्र गतिमा भइरहेको कम्पनीले जानकारी दिएको छ । नयाँ कारमा ६ गियरको सट्टामा नौ गियर हुने भएकाले यसले अधिक माइलेज दिने र कार्बनडाइअक्साइडको उत्सर्जन पनि कम गर्ने अनुमान गरिएको छ । कारलाई नौ गियरमा सडकमा कुदाउँदा इन्धन कम खपत हुने र तिव्र गतिमा गुड्ने कम्पनीले जानकारि दिएको छ ।