काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई दिने कर्जा ह्वात्तै वढाएका छन् । अघिल्लो वर्ष जम्मा ३१ अर्ब ९४ करोड निजी क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले यसपाली ९५ अर्ब ७८ करोड पुर्याएका छन् । यसमा वाणिज्य बैंकहरुले १२.१ प्रतिशतले, विकास बैंकहरुले १२.४ प्रतिशतले र वित्त कम्पनीहरुले १३.८ प्रतिशतले लगानी विस्तार गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले कृषि, उर्जालगायत उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेका छन् । अर्थतन्त्रको दिगो विकासको लागि उत्पादन, रोजगारी र आय आर्जन अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेपछि यो क्षेत्रको लगानी वढेको हो । कृषि क्षेत्रको कर्जा २१ प्रतिशतले वढेकोमा पुससम्म २८.८ प्रतिशतले वढेको छ । यो ८ अर्ब २९ करोडको वृद्धि हो । उर्जा क्षेत्रको लगानी पनि १२ को तुलनामा १३.९ प्रतिशत अर्थात २१ अर्ब ७८ करोडले बढेको छ । निर्माणमा ६.४ प्रतिशत अर्थात ५ अर्ब २९ करोडले लगानी थपिएको छ । घरजग्गा व्यवसायमा छाएको मन्दी नियन्त्रण हुने र विकास खर्च वढ्ने हो भने बैंकको लगानी अझ वढ्ने छ ।
बैंक तथा वित्तीय संस्थाले कुल कर्जामध्ये सबैभन्दा वढी थो तथा खुद्रा व्यापारमा लगानी गरेका छन् । यो क्षेत्रमा कुल सात सय अर्बको २०.७ प्रतिशत लगानी भएको छ । खुद तथा थोक व्यापारमा खाद्यान्न तथा लत्ताकपडा, सजावटका सामग्री तथा गाडी र यसका पाटपुर्जा, आयात तथा निर्यात हुने सामग्रीलगायतका कुराहरु पर्छन् । कुल कर्जामध्ये ४.२ प्रतिशत कृषि क्षेत्र, २०.१ प्रतिशत उत्पादन क्षेत्रमा लगानी भएको छ । ९.९ प्रतिशत निर्माण क्षेत्रमा कर्जा दिएका बैंकहरुले ९.४ प्रतिशत वित्त, बीमा तथा स्थिर सम्पत्तिमा लगानी गरेका छन् । ६ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको छ ।