आरएमडीसीको साधारणसभाले पारित गर्यो बोनश शेयर र नगद लाभांश

बिजमाण्डू
२०७३ पुष २८ गते १२:१८ | Jan 12, 2017
काठमाडौं। रुरल माइक्रोफाईनान्स डेभलपमेन्ट सेन्टर(आरएमडीसी)को साधारणसभाले १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांस पारित गरेको छ।
 
साधारण सभाले संचालक समितिले प्रस्तुत गरेको आर्थिक बर्ष ०७२/७३ को वित्तीय बिवरण पनि स्वीकृत गरेको छ। ६९ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको आइएमडीसीले गत बर्ष २६ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
 
आरएमडीसीले आर्थिक बर्ष ०७२/७३ मा १७ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरी १२ अर्ब ५२ करोड रुपैयाँ कर्जा असुल गरेको जनाएको छ। हाल सम्म खराब कर्जा नरहेको बताएको आरएमडीसीले ब्याज पनि समयमै असुल भईरहेको जनाएको छ।
 
आरएमडीसीका अध्यक्ष गोरखशम्शेर राणाले लघुवित्त कार्यक्रमलाई चालु आर्थिक बर्षमा अझ बिस्तार गर्दै साझेदार संस्थाहरुको क्षमता अभिवृद्धि कार्यलाई निरन्तता दिने बताए। आरएमडीसीले चालु आर्थिक बर्षमा २ नयाँ शाखा कार्यालय खोल्ने योजना रहेको जनाएको छ।
 

Tata
GBIME
Nepal Life