उपत्यका विकास प्राधिकरणको फरक शैली: डिपिसी सकेपछि मात्रै भवन शिलान्यास !

बिजमाण्डू
२०७३ पुष २४ गते १६:१९ | Jan 8, 2017

काठमाडौं। चलन त यस्ताे छ, साइत जुराएर जग खन्ने अनि भूमि पूजा र शिलान्यास गरेपछि मात्रै घर बनाउन सुरू गर्ने ! यहि चलन पछ्याउँदै साना घर देखि ठूला भवनहरू समेत बन्ने गरेका छन्। तर उपत्यका विकास प्राधिकरणले यस मान्यता विपरित भवन बनाउन सुरू गर्यो। प्राधिकरणले कुनै परम्परा पछ्याएन। बरू फटाफट डिपिसी सक्नतिर लाग्यो।

शिलान्यास गरेर बर्षाैसम्म काम सुरू नभएका भवनहरूले अास मात्रै देखाउने गरेको भन्दै प्राधिकरणले अाफ्नाे कार्यालय भवनको पहिले काम सुरू गर्ने अनि मात्र शिलान्यास गर्ने योजना बनायाे। योजना अनुसार डिपिसी गरेपछि मात्र यसले  शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी र राज्यमन्त्री मिठु मल्लको हातबाट शिलान्यास गर्यो।

Tata
GBIME
Nepal Life

अनामनगरमा २० करोड रुपैयाँको लागतमा बनिरहेको भवन डिपिसी गरेपछिमात्र शिलान्यास गरेर  प्राधिकरणले जनतामा विकासप्रति सकारात्म सोच राख्ने सन्देश दिन खाेजेको हो।

 काठमाडै उपत्यका विकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले कामै नभएको ठाउँमा शिलान्यास गर्नुभन्दा केहि काम भएको ठाउँमा शिलान्यास गर्दा जनतामा सकारात्मक प्रभाव पर्ने  बताए। जनतामा अासाको संचार गर्नकै लागि डिपिसि गरे पछि मात्रै शिलान्यास गरेको उनको भनाइ छ।

शिलान्यासपछि शहरी विकास मन्त्री केसीले विकास राता रात सम्भव  नहुने धारणा राखे। शहरी विकास मन्त्रालयकाे मुटु भनेकै प्राधिकरण भएकाे मन्त्री केसीकाे तर्क छ। 
शहरमा जबसम्म हिलाे, मैलाे र धुलाे रहिरहन्छ त्यसबेलासम्म अाफु शहरी विकास मन्त्री भएको औचित्य नरहने पनि उनले स्पष्ट पारे।
''सबै विकास काठमाडौंमा मात्रै छ भन्ने मानसिकता छ। शहरी विकास मन्त्रालयले उपत्यका बाहिर पनि आधुनिक शहर विकास गरेर उपत्यकाको चाप घटाउने गृह कार्य गरिरहेको छ' केसीले भने – बाहिरि चक्रपथको अवधारणामा १०/१२ किलोमिटर मात्रै जोड्न बाँकी छ। त्यसको काम सुरु गर्ने बिषयमा छलफल भैरहेको पनि उनले जानकारी दिए।
शिलान्यासपछि शहरी विकास राज्य मन्त्री मिठु मल्लले भवनको उद्घाटन गर्न  आतुर भएको भन्दै समयमै काम सक्ने कामना गरिन्।

तीन रोपनी चार आना क्षेत्रफलमा बनिरहेको भवनको ग्राउण्ड कभरेज कुल क्षेत्रफलको ४४ प्रतिशत छ।  २८ हजार ३०० स्कवाएर फिट क्षेत्रफल रहने भवन पाँच तलाको बनाईने छ। २०७६ असारमा निर्माण सक्ने गरि डाँफे, समानान्तर र कमलजित कम्पनीले भवन निर्माणको जिम्मा लिएका छन्।