भदौ १५बाट पैसाको प्रर्दशनी, तीन लाख दर्शकले अवलोक गर्ने

बिजमाण्डू
२०६९ साउन ३ गते ००:०० | Jul 18, 2012
भदौ १५बाट पैसाको प्रर्दशनी, तीन लाख दर्शकले अवलोक गर्ने


काठमाडौं । नेपालको वित्तिय क्षेत्रलाई समेटेर आगामी भदौ १५ देखि १७ सम्म काठमाडौको भृकुटीमण्डपमा ‘मनि एक्सपो २०१२’ हुने भएको छ ।
‘आर्थिक अभियान’ दैनिक तथा ज्याम्ब टेक्नोलोजिजको आयोजनामा यो एक्स्पो हुन लागेको हो । एक्सपोमा लगानीकर्ताहरुलाई व्यापार तथा लगानी, बैंकिङ्ग, बिमा, म्युचुअल फण्ड, शेयर, कर रणनीति, कमोडिटिज र व्यक्तिगत लगानी योजनाका बारेमा विशेषज्ञहरुसंग प्रत्यक्ष सम्वाद गराउने आयोजकले बताएका छन् ।

एक्स्पोमा १ सय २२ भन्दा बढी विभिन्न क्षेत्रका स्टलहरु रहनेछन् । एक्स्पोमा नियामक संस्थाहरु, स्टक एक्स्चेञ्ज, कमोडिटी एक्स्चेञ्ज, बैंक तथा वित्तीय संस्थाहरु, मर्चेन्ट बैंकर्स, इन्भेष्टमेन्ट कम्पनीहरु, बीमा कम्पनी,  ब्रोकरेज कम्पनी  (स्टक कमोडिटीज), रेमिटान्स कम्पनी, डिपोजिटरीज तथा क्लियरिङ्ग हाउस, पोर्टफोलियो व्यबस्थापन कम्पनी, फाइनान्सियल नलेज म्यानेजमेन्ट लगायत रहने आयोजकले बताए  । एक्स्पोमा करिब ३ लाख दर्शकअरुले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोको मुख्य प्रायोजक नेपाल डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड (एन्डेक्स) हो ।

Tata
GBIME