बैंकिङ्ग कसुरमा सुधिर बस्नेतलाई दश हजार धरौटीमा रिहा गर्न पुनरावेदन अदालतको आदेश

बिजमाण्डू
२०६७ मंसिर २८ गते ००:०० | Dec 14, 2010
बैंकिङ्ग कसुरमा सुधिर बस्नेतलाई दश हजार धरौटीमा रिहा गर्न पुनरावेदन अदालतको आदेश

काठमाडौं । झण्डै एक महिनादेखि प्रहरी हिरासतमा बिताइरहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत अन्तत रिहा भएका छन् । आइतवार ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट दश लाख रुपैयाँ धरौटीमा मुक्ति पाएका बस्नेतलाई मंगलवार पुनरावेदन अदालतले बैकिङ्ग कसुरमा १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिना अघि बस्नेतलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको थियो, ठगी आरोपसँगै चेक बाउन्समा बैकिङ्ग कसुरको मुद्धा लगाइएको थियो ।
एक महिना अघि पक्राउ परेका बस्नेतसहित सात जनाविरुद्ध प्रहरीले गत शुक्रवार जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । प्रहरीले बस्नेतसँग ८ करोड ३२ लाख ३५ हजार ४ सय १३ रुपैयाँ ठगी गरिएको दावी गर्दै विगो भराउन माग गरेको थियो । ओरियन्टल कोअपरेटिभका अध्यक्ष एवं दर्जन बढी हाउजिङका  संचालक बस्नेतसंगै उनको व्यवसायका साझेदार धीरेन्द्रप्रसाद प्रधानलाई पनि मुद्दामा प्रतिवादी बनाइएको थियो ।
ठगीमा संलग्न भएको अभियोगमा बस्नेतका सहयोगी कालिन्द्र बहादुर जिसी, एभजंग रायमाझी, लक्ष्मण थापा क्षेत्री, श्रीधर घिमिरे र ठाकुर पराजुली विरुद्ध पनि झण्डै एक करोड रुपैयाँ बराबरको विगो दावी सहित मुद्दा दायर गरिएको छ । बस्नेतले रकम संकलन गरेको लामो समयसम्म पनि घर निर्माण गरी उपलब्ध नगराएको अभियोग छ ।

Tata
GBIME
Nepal Life

कति छ सुधिरसँग सम्पत्ती ?

सुधिरसँग निर्माण प्रक्रियामा ७० घर, १७ सय फ्ल्याट, हजार रोपनी जग्गा, पाँच विमान, तीन अर्ब दायित्व

किन थुनिए सुधिर ?

सुधिर भए 'कर्पोरेट' सिकार, अग्नी एयर लिलामीबाट सस्तोमै किन्न बैंक, विमान मालिक र प्रहरीको सिकार