वल्र्डलिंकको तिव्र गतिमा इन्टरनेट, १० मेगाबिट् स्पिडमा २० जिबीको इन्टरनेट ११ सयमा

बिजमाण्डू
२०६९ माघ १५ गते ००:०० | Jan 28, 2013
वल्र्डलिंकको तिव्र गतिमा इन्टरनेट, १० मेगाबिट् स्पिडमा २० जिबीको इन्टरनेट ११ सयमा


काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन प्रालिले छिटो गतिमा चल्ने इन्टरनेट सेवा ‘केबल जुम’ सञ्चालनमा ल्याएको छ । इन्टरनेट सेवामा आएको प्रतिस्पर्धालाई ध्यान दिएर कम्पनीले यो सेवा सुरु गरेको हो । कम्पनीले चलाएका आधारमा शुल्क तिर्नुपर्ने केबल जुम सेवा ल्याएको हो । कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिलीप अग्रवाल ग्राहकले मासिक १ हजार १ सय रुपैयाँमा २० गिगाविट भोलुमको इन्टरनेट चलाउन पाउने जानकारी दिए । उनका अनुसार यसको स्पिड भने १० मेगाबिट् प्रति सेकेन्ड(एमबिपिएस) हुनेछ ।
‘हामीले ल्याएको यो सबैभन्दा सस्तो सेवा हो,’ अग्रवालले भने, ‘यति सस्तो सेवा कुनै पनि सेवा प्रदायकले दिएका छैनन् ।’ कम्पनीले यो सेवा काठमाडौं र ललितपुरका केही ठाउँमा सञ्चालनमा ल्याएको जनाएको छ ।

उनले यो सेवालाई अन्य क्षेत्रमा विस्तार गर्दै लगिने जानकारी दिए । यो सेवा लिनलाई जडान शुल्क वापत तीन हजार रुपैयाँ तिर्नुपर्ने अग्रवालले जानकारी दिए । यो कम्पनीका अहिले २० हजार ग्राहक छन् । उनले नयाँ सेवापछि वल्र्डलिंकको ग्राहक दश हजार ग्राहक थपिने जानकारी दिए ।

Tata
GBIME
Nepal Life