चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको ’अफेयर’ को खबरहरु सार्वजनिक भएसँगै प्रविधि क्षेत्रको सेयर बजारमा ठूलो पहिरो गएको छ।
केही दिन अघि चिनियाँ जासुस दाबी गरिएकी एक युवतीसँगको सम्बन्धको खबर सार्वजनिक भएको थियो। यसलाई अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडेर हेरियो। यद्यपिय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै हुआङको बचाउ गरे। त्यसपछि पनि एनभिडियाको सेयर मूल्यमा गिरावट आएको थियो।
अहिले फेरि हुआङको अर्की महिलासँग अफेयर रहेको भन्दै अर्को समाचार सार्वजनिक भएको छ। जससँगै चिप निर्माता कम्पनी एनभिडियाको सेयर मूल्यमा फेरि भारी गिरावट आएको छ।
बुधबार बजार बन्द भएपछिको कारोबारमा कम्पनीको सेयर मूल्य ८ प्रतिशतले ओरालो लागेको छ। गत शुक्रबारदेखि कम्पनीको सेयर बिक्रीको क्रम बढेको बताइन्छ। एनभिडियाको सेयर बजार मूल्यबाट ५०० अर्ब डलर (करिब ७६० खर्ब रुपैयाँ) भन्दा बढी रकम गुमिसकेको छ।
एआईको विकासमा चिप्स निर्माणमा एकछत्र वर्चस्व कायम गरेका कारण एनभिडियाको सेयर लगानीकर्ताहरूमाझ अत्यन्तै लोकप्रिय रहँदै आएको बताइन्छ।
जेन्सेन हुआङले एआई प्रविधिमा सुरुवाती चरणमै गरेको लगानीका कारण विगत पाँच वर्षमा एनभिडियाको बजार मूल्य ४७० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। कम्पनीको सेयर मूल्य गत अक्टोबर महिनाको सुरुमा उच्चतम बिन्दुमा पुगेको थियो।
करिब ४.२ ट्रिलियन डलर बजार मूल्य रहेको एनभिडिया इलेक्ट्रोनिक्स क्षेत्रको विशाल कम्पनी एप्पलपछि विश्वको दोस्रो सर्वाधिक मूल्यवान कम्पनी हो।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)