जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। प्रदेश सरकारबाट बाहिरिँदै नेपाली कम्युनिष्ट पार्टी र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए। विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको छ। विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वासको लिनु अघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमाले र नेकपाका ४/४ जना मन्त्रीले गत सामूहिक राजीनामा दिँदै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)