काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिहीबार (आज) बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्रका डीएसपीको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलीले उद्धार जारी राखेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
अपडेट (१० बजे) : तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइयो
दुर्घटनाका घाइतेमध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव छन्।
प्रहरीका अनुसार मुकेशको टाउको र ढाडमा चोट लागेको छ, अवस्था सामान्य छ। त्यसैगरी, सक्षमको शरीरमा भित्री चोट लागेको आशंका छ, यद्यपि अवस्था सामान्य देखिएको छ। सुदन यादवको टाउको र मुखमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)