काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहारलक्षित मेला गर्दैछ। आगामी शनिबारदेखि सोमबारसम्म (कात्तिक २१-२३ गते) तीन दिनसम्म मेला आयोजना गर्न लागेको हो।
नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गरिने कम्पनीले जनाएको छ। मेला कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसर, थापाथलीमा सञ्चालन हुनेछ।
मेलामा मौलिक उत्पादनहरूको प्रदर्शन तथा बिक्री वितरण गर्न इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं रैथाने तथा स्थानीय उत्पादकहरूबाट स्टल सहभागिताका लागि कम्पनीले आवेदन लिइरहेको छ।
स्टलहरुमा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री ,फूल ,माला तथा सजावट सामग्री, माटाका भाँडाकुडा तथा परम्परागत सामग्री, रैथाने बाली ,कृषि उपज तथा स्थानीय उत्पादन र अन्य मौलिक ,स्थानीय तथा स्वदेशी उत्पादनहरु रहने छन्।









