काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।
लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांशमध्ये ११.९६३ प्रतिशत बोनस सेयर र १३.०३६ प्रतिशत नगद हो।
लघुवित्तको चुक्ता पुँजी हाल ३ अर्ब ६१ करोड रुपैयाँ छ। लघुवित्तले गत वर्ष पनि २५ प्रतिशत लाभांश वितरण गरेको थियो।









