प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढेर पुग्यो ६० करोड ३७ लाख, कर्जा नोक्सानीमा सुधार

बिजमाण्डू
२०८३ कात्तिक १५ गते ०७:५९ | Nov 1, 2026
प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढेर पुग्यो ६० करोड ३७ लाख, कर्जा नोक्सानीमा सुधार


काठमाडौं । प्रभु बैंकले नाफा बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा बैंकको नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ पुगेको छ।

GBIME
Tata

पोहोर सोही अवधिमा बैंकको यस्तो नाफा ५५ करोड ८४ लाख रुपैयाँ थियो। कर्जा नोक्सानी व्यवस्थामा आएको कमी र खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार भएको हो।

पोहोर १ अर्ब कर्जा रहेको कर्जा नोक्सानी ५८ करोड ८६ लाखमा झरेको छ। जसले गर्दा नाफा बढेको हो। ब्याज आम्दानीमा भने केही गिरावट आएको छ।

असोज मसान्तसम्म बैंकको ब्याज आम्दानी १९.३८ प्रतिशतले घटेर २ अर्ब ३३ करोडमा सीमित भएको छ। पोहोर यसै अवधिमा यस्तो आम्दानी २ अर्ब ८९ करोड रुपैयाँ थियो।

बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ५.७८ प्रतिशतको तुलनामा केही बढेर १४.८० प्रतिशत पुगेको छ। २०८३ असार मसान्तमा भने यस्तो अनुपात १५.५५ प्रतिशत थियो।

बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ३.८६ प्रतिशतबाट घटेर ३.१९ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ५.८३ प्रतिशतबाट झरेर ४.९३ प्रतिशतमा पुगेको छ।

बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भने ६५.०७ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी (ईपीएस) ९.४९ रुपैयाँबाट बढेर १० रुपैयाँ २६ पैसा कायम भएको छ। यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात ११.८३ प्रतिशत कायम भएको छ।