एनपीएल: डेढ घण्टाको नोकझोकपछि बल्ल भयो टस, सुदूरपश्चिमले रोज्यो बलिङ

बिजमाण्डू
२०८३ कात्तिक १४ गते २१:११ | Oct 31, 2026
एनपीएल: डेढ घण्टाको नोकझोकपछि बल्ल भयो टस, सुदूरपश्चिमले रोज्यो बलिङ
टसका क्रममा विराटनगर र सुदूरपश्चिमका कप्तान। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। डेढ घण्टाको नोकझोकपछि विराटनगर किंग्स र सुदूरपश्चिमबीच बल्ल टस भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।

GBIME
Tata

बिहीबार बेलुकाबाट निरन्तर परेको पानीले एनपीएको आजको पहिलो खेल त रद्ध नै भएको थियो। साँझ साढे ५ बजेबाट सुरु हुने तालिका रहेको दोस्रो खेल पनि हुने-नहुने अन्योलबीच पाँच-पाँच ओभरको खेल हुने भएको थियो। इनिङ्सको बीचमा १० मिनेटको ब्रेक हुने गरी ७: २५ मा टस गरेर पहिलो बल ७:४१ मा हुने तय गरिएको थियो।

तर, अन्तिम समयमा आएर सुदूरपश्चिमले खेल्न अस्वीकार गर्दै डेढ घण्टासम्म मैदानमा ड्रामा चलेको थियो। सुदूरपश्चिमका खेलाडी र प्रशिक्षक मैदानबाट बाहिरिसकेका थिए भने विराटनगरका खेलाडी भने मैदानमै बसेका थिए।