काठमाडौं। अर्थ मन्त्रालयले म्यादभित्र विवरण पेस नगरेका कम्पनीलाई कर बुझाउने समय तीन महिना थप गरेको छ।
मन्त्रालयले गत आर्थिक वर्षका लागि लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो।
‘कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानुनले तोके बमोजिम म्यादभित्र विवरण पेस नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेस गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ,’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पठाएको प्रेस नोटमा भनिएको छ।










