काठमाडौं। कर्णाली याक्सले विराटनगर किंग्सबाट जारी संस्करणकै सबैभन्दा ठूलो लक्ष्य पाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेल सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको हो।
यो एनपीएलको जारी संस्करणमा बनेको सबैभन्दा ठूलो स्कोर हो। यसअघि दोस्रो खेलमा चितवन राइनोजले विराटनगरविरुद्ध १५७ रनको लक्ष बनाएको थियो।

जारी संस्करणमा टीयू क्रिकेट मैदानमा ब्याटरहरुले रन बनाउन संघर्ष गरिरहँदा विराटनगरका ओपनर लोकेश बमले भन्दै अलग अन्दाजमा ब्याटिङ गरे। उनले ५२ बलमा ९ छक्का र ३ चौका चौकाको सहायतामा ८७ रन बनाए। त्यस्तै, विस्फोटक ब्याटर आन्द्रे रसेलले १४ बलमा २७ रन बनाउँदा एनगेलो म्याथ्युजले ३१ रन बनाए।

बलिङमा सोमपाल कामीले ४ विकेट लिँदा मार्क वाटले १ विकेट लिए।
कर्णाली केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।









